माण्डव्य ऋषिका सन्ततीहरूको गौरव, बुटवलको सेवा श्रम


बुटवल
नेपालमा हिन्दु परम्परा अनुसार मुख्य ऋषिमुनीहरू माण्डव्य, कश्यप, वशिष्ठ, गौतम, अत्रि,भृगु, जमदग्नि लगायतका नामबाट ४९ भन्दा बढी गोत्रहरू प्रचलनमा छन्।
ब्राह्मण,क्षत्री, र केही अन्य समुदायमा गोत्रको बढि प्रयोग हुन्छ।
जसले प्राचीन ऋषि परम्परा र वंश पहिचान लाई जनाउँछ।
विभिन्न थरहरू यिनै मुल ऋषिहरूका सन्तानको रूपमा जोडिएका छन्।एउटै गोत्र भएकाहरू बिच विवाह हुंदैन।
जसमध्ये अग्रभागमा आउने गोत्र माण्डव्य पनि हो। माण्डव्य गोत्र अन्तर्गत ज्ञवाली, भण्डारी,रावल, अधिकारी,विष्ट,महत्तरा, जोशी, कटुवाल, कर्माचार्य,पन्ती, बजगाईं लगायतका ६९ भन्दा बढी थरहरू प्रचलनमा रहेको पाइन्छ।
माण्डव्य हरूको उद्गम स्थल नेपालको पाल्पा जिल्लाको तानसेन नगरपालिका वडानं ९ दमकडा माडीमा पर्छ।
माण्डव्य ऋषिको नामबाट उक्त स्थानको नाम माडी नामाकरण गरिएको पाइन्छ। माडीमा माण्डव्य मन्दिर रहेको छ।
उद्गम स्थल पाल्पाको माडीमा रहेतापनि अहिले देशभर विभिन्न स्थानमा माण्डव्य मन्दिर रहेका छन्।
किंवदन्ती अनुसार राजा मंन्द्राचाल का राज्य मा चोरी भएछ ती चोर भाग्दै माण्डव्य ऋषि को कुटी मा पुगेछन खोज तलास गर्दा कटुी मा चोरी भएको सामान भेट्टिए पछि माण्डव्य ऋषि लाई पनि सिपाहीले राजदरबार लगेछन ।राजाले ऋषि लाई सोद्दा पनि ऋषि चुपचाप लागे पछि सुली मा चढाएर मृत्यु दण्ड दिनु भनेर आदेश दिएपछि शिर छेदन गरियो ।तर सबैको मृत्यु हुदा पनि माण्डव्य ऋषि शिर बिना न‌ै शरीर जिउँदो भइ ध्यान तपस्या मा बसेको देखेपछि राजा समेत दङ्ग भएर हतारमा माफ मागेको र सुली बाट मुक्त गर्दिएको किंवदन्ती समेत पाइन्छ”।


जसमध्ये रुपन्देहीको बुटवल जितगढीमा मन्दिर, कार्यलय भवन रहेको माण्डव्य सेवा श्रम माण्डव्य गोत्रीय वन्धुहरू संगठित भएको एक धार्मिक, सांस्कृतिक सामाजिक संस्था हो।
विक्रम संवत २०४०साऋमा यसको योजना अगाडी वढेको र ४९ सालमा मुर्तरुप लिन गएको हो।
यसले माण्डव्य गोत्रीय वन्धुहरूको एकता, सहकार्य र धार्मिक सामाजिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।
सेवा श्रमको ४कठ्ठा क्षेत्रफलमा पुर्जा वाला कम्पाउन्ड सहित मन्दिर र डेढ तले पक्की भवन रहेको छ।
सेवा श्रममा हालसम्म युवराज ज्ञवाली, ऋषि,मोतीराज, कमलनाथ, लक्ष्मी, दामोदर,लक्ष्मण,नेत्र, त्रिलोचन र दुई कार्यकाल माधव ज्ञवाली रहेका छन्।
माधव ज्ञवाली हाल सेवा श्रमको अध्यक्ष छन्।
सोही अवस्था सम्म पुर्याउन माण्डव्य गोत्रीहरु,पुर्व अध्यक्षहरु,सरकार समेतको योगदान रहेको अध्यक्ष माधव ज्ञवाली बताउंछन्।
सेवा श्रममा माण्डव्य हरूको कुल पुजा हरेक बर्षको बुद्ध पुर्णिमामा पुजा आराधना, पितृ स्मरण, नाचगान, सहयोग दातालाई सम्मान गरिन्छ।
संगै जनैपूर्णिमामा पनी पुजा आराधना गरिन्छ।


विविध कारणले आफ्नो जन्मस्थान जान नपाएका,पायक पर्ने र पहिले देखि सहभागीता जनाउने सम्पुर्ण माण्डव्य गोत्रीय हरुलाई आउंदै गरेको बुद्ध पुर्णिमा बैशाख १८गते शुक्रबार सहभागी हुन अध्यक्ष माधव ज्ञवालीले अनुरोध गरेका छन्।

छुटाउनुभयो कि ?

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न...
देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् । जेन...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँइन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण दुई हजारभन्दा बढी उडान प्रभावित भएका छन् । विष्फोटका कारण विमानस्थलले लगातार ...
कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

बुटवलरुपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्ध...