उद्योगीका समस्या सुन्दै सांसद खरेलः “निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँ ”


बुटवल
रूपन्देही उद्योग संघले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याहरू उठाउँदै समाधानका लागि नीतिगत स्पष्टता र सहजीकरणको माग गरेका छन् । रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलसँगको उक्त कार्यक्रममा उद्योगीहरूले कर प्रणालीदेखि औद्योगिक पूर्वाधार, उत्पादन प्रवद्र्धन र कानुनी जटिलतासम्मका विषयमा ध्यानाकर्षण गराएका हुन् ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले औद्योगिक क्षेत्रका संरचनात्मक समस्याहरू प्रस्तुत गरेका थिए। उनले बुटवल औद्योगिक क्षेत्र र मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा आउन नसकेको, उद्योग स्थापना गर्न उपयुक्त जग्गाको मूल्य अत्यधिक बढेको तथा उद्योगीहरूलाई कर तिर्नुपर्ने निकाय धेरै हुँदा व्यवसाय सञ्चालन जटिल बन्दै गएको बताए ।
वहाँले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चालनमा समेत समस्या रहेको उल्लेख गर्दै उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । अहिलेकै अवस्थामा बुटवल धागो कारखाना सञ्चालन सम्भव छैन, नयाँ प्रविधिसहितको प्लान्ट आवश्यक छ । उनले भन्नुभयो । साथै, बिटिआई लाई प्राविधिक कलेजका रूपमा विकास गर्नुपर्ने सुझाव दिए ।
भैरहवास्थित एकीकृत जाँच चौकी -आईसीपी) सम्म भारतबाट रेल सेवा विस्तार गर्न पहल गर्नुपर्ने उल्लेख गर्दै उनले ले यसले ओभरलोड समस्या समाधानमा ठूलो राहत पुग्ने बताए । स्वदेशी उत्पादन प्रयोगसम्बन्धी निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै त्यसमा कडाइ गर्नुपर्ने मा वहाँले जोड दिए ।
कार्यक्रममा सल्लाहकार तथा ढुवानी व्यवसायी माधव नेपालले ढुवानीग्राम निर्माण अधुरो रहेको गुनासो गरे । देशकै नमुना योजना भए पनि बजेट विनियोजन हुँदाहुँदै पूर्ण हुन सकेन वहाँले भन्नुभयो । ढुवानी सेवामा मूल्य अभिवृद्धि कर -भ्याट) लगाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले ले त्यसलाई हटाउनुपर्ने माग गरे ।
रोडा ढुंगा तथा क्रसर उद्योग संघ रूपन्देहीका अध्यक्ष गोविन्द भुसालले जिल्लामा रहेका २० वटा क्रसर उद्योगहरु १२ वर्षदेखि नवीकरण हुन नसकेको अवस्था रहेको जानकारी दिए । कर र भ्याट तिरिरहे पनि नवीकरण नहुँदा उद्योग सञ्चालन अन्योल रहेकाले क्रसरको समस्या दिर्घकालिन रुपमा समाधान हुनुपर्नेमा जोड दिए ।
इट्टा उद्योगी गोकर्ण खड्काले कच्चा पदार्थ अभावमा इट्टा उद्योग सञ्चालनको मुख्य चुनौती भएको बताए । त्यस्तै, संघका पूर्वअध्यक्ष माधव पौडेलले स्वदेशी उद्योग संरक्षणका लागि स्पष्ट नीति आवश्यक रहेको औँल्याए । “स्वदेशी काठ प्रयोग गर्न सकिए आयात घट्छ र उद्योगीलाई राहत मिल्छ,” उनले ले भने । सरकारी कार्यालयहरूलाई प्रविधिमैत्री बनाउनुपर्नेमा पनि वहाँले जोड दिए।
महासचिव सुमन बस्यालले फुल बिलिङ प्रणाली कार्यान्वयनमा देखिएका समस्याहरू समाधान गर्नुपर्ने र चेक बाउन्ससम्बन्धी कानुन पनि कडा बनाउन आवश्यक रहेको बताए ।
नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोराले नयाँ सरकारको उद्योग नीतिबारे स्पष्टता आवश्यक रहेको बताए । परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले उद्योग क्षेत्रमा देखिएका विकृतिहरू हटाउन रणनीतिक हस्तक्षेप आवश्यक रहेको धारणा राखे । उद्योगलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनले ले बताए ।
उनले ले मुटु अस्पतालका प्रतिनिधिले ठूलो लगानी हुँदाहुँदै पनि भाडा तिरेर समेत जग्गा प्राप्त गर्न नसकेको समस्या सुनाए । साथै, अन्तःशुल्क नीति असन्तुलित रूपमा लागु भएको भन्दै अन्त शुल्क व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
संघका पूर्वअध्यक्ष महेन्द्रनारायण श्रेष्ठले बुटवललाई दोस्रो राजधानीका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुलभ खरेलले वर्तमान सरकार सुशासनमा केन्द्रित रहेको बताउँदै उद्योग क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । यो सुधारको वर्ष हो, “कानुनी जटिलता हटाउँदै उद्योगमैत्री वातावरण बनाउन लागिपरेका छौँ” उनले ले भने ।
उनले ले वन, पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न पहल भइरहेको जानकारी दिए। सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्नेछ उनले ले स्पष्ट पारे ।
उनले उद्योगीहरूले उठाएका कर, नीतिगत अस्पष्टता र पूर्वाधारसम्बन्धी समस्याबारे अर्थमन्त्री र उद्योगमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए । “करका दायरामा केही सुधार हुने विश्वास दिलाउन चाहन्छु,”उनले भने, विज्ञ अर्थमन्त्री भएकाले निजी क्षेत्रका अपेक्षा सम्बोधन हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी उद्योगीहरूले समग्रमा उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने स्पष्ट नीति, कर संरचनामा सहजीकरण, पूर्वाधार विकास र स्वदेशी उत्पादन प्रवद्र्धनका लागि सरकारको ठोस पहल आवश्यक रहेको जोड दिएका थिए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख...
कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

बुटवलसंसदीय राजनीतिमा पछिल्लो समय बढ्दै गएको अमर्यादित व्यवहार र गतिविधिका माझ बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको सभाहलमा ...
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

काठमाडौँमेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्ला...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय ...