रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु


बुटवल
रोल्पाको थवाङ जलजलामा रुकुमपूर्वबाट आउँदै गरेको जीप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको उनले बताए। उनका अनुसार रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन्।

उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट रहेको तथा अवस्था मध्यम रहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए।

बोल्ने सक्ने अवस्थाका उनको आधारभूत जलजला अस्पताल थवाङ रोल्पामा उपचार भइरहेको छ।

दुर्घटनामा परेको लु १ ज ४१६७ नम्बरको जिप सिस्ने गाउँपालिका–५ टाकुराका बेदबहादुर बिकले चलाएका थिए। जिप दिउँसो करिब पौने ३ बजेतिर थवाङ गाउँपालिका–१ सल्यापबाट जिप झन्डै ८०० सय मिटरमुनि खसेको थियो।
घटनास्थल जटिल भूगोल हुनुका साथै पानी परिरहेको हुँदा उद्धार कार्यमा ढिलाइ भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।

दुर्घटनामा ज्यान गुमाउनेहरू वैशाख पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने ठूलो मेलाका लागि त्यता जाँदै थिए।

छुटाउनुभयो कि ?

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रो...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै...
अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न...