राजनीतिक स्थिरता र लगानी सुरक्षा माग्दै उद्योगी व्यवसायी
बुटवल
उद्योगी व्यवसायीहरूले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने र राजनीतिक दलहरू त्यसमा सहभागी हुनुपर्ने आग्रह गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं वार्षिक साधारण सभामा उनीहरुले मुलुकमा निरन्तर भइरहेका आन्दोलन र राजनीतिक अस्थिरताले लगानीको वातावरण असुरक्षित बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्रको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको बताए ।उनले जेन–जी आन्दोलनका मुद्दा सान्दर्भिक भए पनि त्यसको आडमा भएका तोडफोड, आगजनी, लुटपाटजस्ता अपराधको विरोध गर्दै संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले पनि निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएको बताउँदै अपराधमा संलग्नलाई कानुनी...








