नवलपरासीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई भारतीय पक्राउ

बुटवल
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएको छ। ब्यूरोको भैरहवा शाखाबाट खटिएको टोलीले लागुऔषध कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड गोली चलाएको हो।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्। उनीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड फायर गरिएको हो। घटनाका क्रममा प्रहरीले १५८ ग्राम खैरो हेरोइन बरामद गरेको ब्यूरो स्रोतले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...