जीवनशैली

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्थित शहीद गंगालाल पुस्तकालयमा तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा साहित्य संगम २४औं श्रृङ्खला कार्यक्रममा पुस्तक परिचर्चा सम्पन्न भएको हो।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य समेत रहेका लेखक डा. न्यौपानेले वोल्दै बुद्धको जिवनी र सन्देश बाट हिंसा र मतभेद रहित समाजको शिक्षा हासिल गर्न सकिने वताउदै बुद्धको मावली आफ्नै क्षेत्र रुपन्देहीकै देवदह रहेकोले पनि बुद्धकालीन देवदह नामक पुस्तक पस्कने सोच आएको वताएका छन्।उनले यसै विषयमा थेसिस समेत लेखेको वताउदै विषेश गरि बुद्धको मावली देवदह हरेक हिसाबले महत्वपूर्ण रहेको वताएका छन्।देवदहको नामाकरण समेत ( देव) देवताहरूले नुहाउने पोखरी (दह) जसका कारण देवदह नाम रहन गएको पाइएको समेत वताए।सिद्धार...
तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा

तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमा स्थित मधवलियामा कोटिहवा तीज सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। तीज पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको महोत्सवमा मनोरञ्जनसँगै बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यसमेत रहेको आयोजकले जनाएको छ।तिलोत्तमाको मधवलिया चोकबाट करिब एक सय मिटर दक्षिणपश्चिम हाइवे नजिक खाली जग्गा क्षेत्रमा आयोजना हुने महोत्सव यहि भदौ २८ गतेदेखि शुरु भई असोज ८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा दर्शकको रोजाइमा परेका कलाकारहरु ख्यातिप्राप्त गायक तथा र्यापर आशिष राना मगर (लाहुरे), त्रिशला गुरुङ, ज्योति मगर, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, सिर्जना खत्री ‘हाउरे माया’, प्रकाश सपुत, श्याम राना, प्रकाश दुतराज, प्रीति आले, डान्सर प्रीति पासवान, गंगु क्षेत्री लगायत राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकार, गायक–गायिका र डान्सरहरूको प्रस्तुति रहनेछ। आयोजक राधाकृष...
‘अशान्तिपूर्ण एआई युग आइसकेको छ,हामीले गर्ने निर्णयहरू अत्यन्तै महत्वपूर्ण छन्’: बिल गेट्स

‘अशान्तिपूर्ण एआई युग आइसकेको छ,हामीले गर्ने निर्णयहरू अत्यन्तै महत्वपूर्ण छन्’: बिल गेट्स

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँमाइक्रोसफ्टका संस्थापक बिल गेट्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूले सो प्रविधिको वास्तविक जोखिम स्वीकार नगरेको भन्दै चेतावनी दिएका छन्। करिब दुई हप्ताअघि एक निबन्ध प्रकाशित गर्दै उनले ती जोखिम सामना गर्नु विश्वको सर्वोच्च प्राथमिकता हुनुपर्छ भनेका छन्। उनले लेखेका छन्, 'अशान्तिपूर्ण एआई युग आइसकेको छ। अहिले हामीले गर्ने निर्णयहरू अत्यन्तै महत्वपूर्ण छन्।' एआई अहिलेसम्म आविष्कार गरिएको सबभन्दा ठूलो समानता ल्याउने माध्यम वा अन्यायको सबभन्दा खराब स्रोत बन्न सक्ने पनि उनले औंल्याएका छन्। यस विषयमा सिएनएनका वरिष्ठ पत्रकार एण्डरसन कुपरसँग कुरा गर्दै उनले एआई प्रणालीहरूले साइबर आक्रमणको जोखिम, जैविक आतंकवादको जोखिम र मनोसामाजिक जोखिम समेत निम्त्याउन सक्ने बताएका छन्। त्यसलाई व्याख्या गर्दै उनले खराब नियत भएका मानिसहरूले अरूलाई ठगी गर्ने, साइबर आक्रमण गर्ने वा...
रोटरी क्लब बुटवल चौतारीको आठौँ चार्टर्ड डेसंगै प्रधानमन्त्री राहत कोषमा सहयोग

रोटरी क्लब बुटवल चौतारीको आठौँ चार्टर्ड डेसंगै प्रधानमन्त्री राहत कोषमा सहयोग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो आठौँ चार्टर्ड डे मनाउँदै प्रधानमन्त्री राहत कोषमा एक लाख ६७ हजार ४२४ रुपैयाँ सहयोग गरेको छ । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानमार्फत क्लबले विपद् तथा कठिन परिस्थितिमा रहेका नागरिकलाई राहत पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको हो । बुटवलस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष बसुदेव भुसालले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गरिएको बताए । उनले क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, मानवीय सेवा, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सेवा गतिविधिलाई निरन्तरता दिने बताए । सन् २०१९ सेप्टेम्बर ९ मा ४० जना चार्टर सदस्यबाट स्थापना भएको क्लबले आठ वर्षको अवधिमा विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबले शिक्षा र स्वास्थ्यका साथै विपद् व्यवस्थापन,...
आज कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंकुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले बताउछन् । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । पितृसम्मान दिवसयसै अवसरमा आज छोराछोरी...
आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार
काठमाण्डौ – वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ । आजका दिन उखेलिएको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । कुशेऔँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृसम्मान दिवसका रूपमा पनि मनाइन्छ । यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ । बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिदादान गर्ने गर्छन् । ...
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंनेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारीलाई विनियमावलीअनुसार उपचार खर्च र क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको हो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर (शेरबहादुर मगर) विद्युत् दुर्घटनामा परी घाइते भएका थिए। मगर १५ केभी प्रसारण लाइनको डिस्क पिन परिवर्तन गर्ने क्रममा २०८२ चैत ११ गते करेन्ट लागेर घाइते भएका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। अस्...
दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपतिको सरकारलाई आग्रह

दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपतिको सरकारलाई आग्रह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिएका हुन् ।साथै उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिए ।राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा बुधबार छुट्टाछुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवम बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरेका छन् । ...
मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँमंगलबार राति गएको भूकम्पका कारण मुस्ताङको लोमन्थाङमा केही घर भत्किएका छन् । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार वडा नम्बर ३ मा केही घर भत्किएको र चर्किएको पाइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा लोमन्थाङ आसपास केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का मुस्ताङका आसपासका जिल्लासहित काठमाडौंमा समेत महसुस भएको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन । उनले भनिन्, 'मानवीय क्षति भएको छैन । भौतिक संरचनामा के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको छ । एकीकृत विवरण आइसकेको छैन । लोमन्थाङमा केही घरहरू भत्किएको खबर छ ।'जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी रामचन्द्र तिवारीले लोमन्थाङमा प्राय: माटोका घरहर...
कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ। विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।विद्यालयको अभियान बाट ९६४०० र क्यु आर अभियान बाट १००१ गरि कुल १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ प्रधानाध्यापक दैवि प्रकोप कोष मा जम्मा गरिएको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवालीले जानकारी दिए ।गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय तथा भयावह बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग संकलन अभियान सञ्चालन गरेको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवाली...