टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपालले कुवेतको सामना गर्दै
काठमाडौ
नेपालले आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत आज कुवेतविरुद्ध खेल्दैछ । ओमानमा हुने यो खेल यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि सुरु हुने छ ।आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० कप छनोटका लागि एसिया क्षेत्रका नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा मलेसिया, कतार र यूएई, समूह ‘बी’ मा जापान कुवेत र नेपाल, समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामाओ रहेका छन् ।
आजै समूह ए का कतार र युएई तथा समूह सी का ओमान र सामाओ पनि खेल्दै छन् । अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।प्रतियोगितामा समूह बी मा रहेको नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्न लागेको हो । आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले शुक्रवार जापानसँग खेल्नेछ ।
प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छ...








