टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपालले कुवेतको सामना गर्दै


काठमाडौ

नेपालले आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत आज कुवेतविरुद्ध खेल्दैछ । ओमानमा हुने यो खेल यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि सुरु हुने छ ।
आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० कप छनोटका लागि एसिया क्षेत्रका नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा मलेसिया, कतार र यूएई, समूह ‘बी’ मा जापान कुवेत र नेपाल, समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामाओ रहेका छन् ।

आजै समूह ए का कतार र युएई तथा समूह सी का ओमान र सामाओ पनि खेल्दै छन् । अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।
प्रतियोगितामा समूह बी मा रहेको नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्न लागेको हो । आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले शुक्रवार जापानसँग खेल्नेछ ।

प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन् । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट तीन देश विश्वकपमा छनौट हुनेछन् ।

क्यानले विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमान पठाएको छ ।

टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

छुटाउनुभयो कि ?

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौँ नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् ब...
फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको दाबी गरेका छन्। एमालेको घर फर्क राष्ट्रिय ...
लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

दाङलुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोम बा...
भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

काठमाडौंजेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको...