लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
दाङलुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो । वैशाख १० गते बिहिवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिएका छन्। प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हिउँदे अधिवेसनमा १६ वटा बैठक बसेका थिए । बिहिवार विहान साढे ११ बजे बसेको १६ औं बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको अधिवेसन अन्त्य सम्वन्धि पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाउनुभएको थियो ।१६ औं बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्ध...








