तिलोत्तमामा सिद्धार्थनगरपालिकाको गाडी दुर्घटना, मेयर इश्तियाक घाइते
बुटवलरुपन्देहीको तिलोत्तमामा सिद्धार्थनगर नगरपालिकाको गाडी दुर्घटना हुँदा सिद्दार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ घाइते भएका छन् ।बिहिवार तिलोत्तमा १५ कोटीहवामा बुटवलबाट भैरहवा जाँदै गरेको सरकारी नम्बरको बिएएए ०९५३ गाडी अनियन्त्रित भई डिभाइडरमा ठोक्किन जाँदा उनी सामान्य घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी कृष्णकुमार चन्द्रका अनुसार मेयरको टाउकोमा सामान्य चोट लागेको छ । उनको अहिले भैरहवाको भिम अस्पतालमा उपचार भैरहेको छ ।
उक्त गाडीमा मेयर र गाडी चालक मात्रै रहेका थिए । चालकलाई भने सकुशल रहेका छन । तीब्र गतिमा रहेको उक्त गाडी अनियन्त्रित भई सडकको अर्को तर्फको डिभाइडरमा ठोक्किन पुगेको थियो ।
...







