श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीले सिटामोल पाएनन् ,स्थानिय सरकार भन्छ सिटामोल प्रयाप्त छ ।
अमर पन्थ ,बुटवल
श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीयले सिटामोल समेत नपाएको गुनासो गरेका छन् ।भदौ २४ गते शुक्रबार छत्रकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय बिक्रम कार्कि त्यहाँ सेवा लिन गएका थिए तर उनले सिटामोल समेत बाहिर निजी मेडिकलमा किन्न बाध्य भएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् उनले लेखेका छन् डाक्टर साबले चेक पनि गर्नुभयो औषधीको सिफारिस पनि लेखेर दिनुभयो डाक्टरले लेखेर दिएको औषधिको सिफारिसमा सिटामोल समेत लेखेको थियो तर औषधि दिने त्यहाँका कर्मचारीले सिटामोल समेत नदिएर बाहिर किन्न बाध्य पारिएको उनको आरोप रहेको छ। स्टाटसमा आएका अधिकांश कमेन्टहरु मा समेत स्थानीयहरूको स्वास्थ्य केन्द्र प्रति गुनासो गरेका छन ।
यता छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्वास्थ्य केन्द्रमा सिटामोल प्रयाप्त रुपमा उपलब्ध भएको दाबी गरेका छन्।नेपाल सरकारले निःशुल्क रुपमा उपलब...








