रोल्पामा ढिस्कोले पुरिएर ५ जनाको ज्यान गयो


काठमाण्डाै – रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको छ । सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर पाँच जनाकाे ज्यान गएकाे हाे ।

ढिस्कोले पुरिएर सुनछहरी गाउँपालिका–३ बाहिरीगामका ४५ वर्षीय बुधमान परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षका वेदुराम परियार, ४० वर्षकी सुवित्रा परियार र २७ वर्षकी आइती परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ढिस्कोमा अरू पनि पुरिएको शङ्कामा खोजी भइरहेको छ । पुल निर्माणका लागि खाल्डो खनेर खाल्डोभित्र पर्खाल लगाउने क्रममा ढिस्को झरेको प्रहरीले जनाएको छ ।

एउटै गाउँका पाँच जनाको ज्यान गएपछि बाहिरीगाम शोकमा डुबेको छ

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...