रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाजद्धारा वृद्धाआश्रममा खाद्य सामग्री सहयोग ।
११ भदौ, बुटवल
आज कुशेऔंसी को अवसर पारेर रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाजले बुटवल २ पाखापानीमा अवस्थित सिद्धबाबा दुर्गा मन्दिरको वृद्धाआश्रममा विभिन्न खाद्य सामग्री सहयोग गरेको छ । समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाआश्रममा रहेका वृद्धवृद्धालाई लक्षित गरी केही खाद्यान्न सामग्री हस्तान्तरण गरेको सम्पर्क समाजका अध्यक्ष ऋषिराम खनालले जानकारी दिनुभएको छ । तिज पर्वको अवसर पारी त्यहाँ रहेका बृद्ध बृद्धाहरु ले पनि रमाइलो गरी दरखाने कार्यक्रम गरुन भन्ने उदेश्य राखी कार्यक्रम राखिएको अध्यक्ष खनालको भनाई थियो । समाजले चामल , दाल ,नुन, तेल लगायत १७ प्रकारका खाद्यान्न तथा फलफूलहरु वितरण गरेको छ्र । गुल्मी साविकको अर्खले गाविस वार्ड न ३,४ सेरोफेरोमा जन्म भई अहिले रुपन्देहीको बुटवल लगायतका आसपासका क्षेत्रमा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागितामा समाज गठन गरिएको छ । आफ्नो...







