समाचार

बुटवलको सडकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा

बुटवलको सडकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल बुटवल उपमहानगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ट्राफिक चोकमा जडान गरिएको ट्राफिक लाइटको विहिबार विधिपुर्वक स्वीच अन गरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाईटको सफ्टवेयर थिचेर ट्राफिक शुभारम्भ गरेका हुन । चालु आर्थिक वर्षमा बुटवल उपमहानरपालिकाले बुटवलका ४ स्थानमा ट्राफिक लाइट जडान गर्ने गरी काम शुभारम्भ गरेको थियो । सोही योजना अनुसार बुटवलको ट्राफिक चोक र कालिका नगरमा लाइट जडान गरीएको छ । मिलनचोकमा सडक विस्तारको काम जारी रहेको केही दिनमा नै लाइट शुभारम्भ हुने छ । यस्तै गोलपार्कमा पनि लाइट जडान सकिएपछि सञ्चालन हुने नगर प्रमुख पाण्डेयले बताए । बुटवलको बढ्दो ट्राफीक जामको समस्या समाधानको लागि यो लाइट सहयोगी जानकारी दिए । लाइटसँगै राखीएको...
रूपन्देही विद्युतीय व्यवसायी संघको १३ वर्ष : के कस्ता रहे उपलब्धि ?

रूपन्देही विद्युतीय व्यवसायी संघको १३ वर्ष : के कस्ता रहे उपलब्धि ?

Breaking news 1, फिचर, बिज्ञान प्रबिधि, समाचार, समाज
श्रीराम ज्ञवाली बुटवल रूपन्देहीका विद्युतीय व्यवसायीहरूको छाता संस्था रुपन्देही विद्युतीय व्यवसायी संघ २०६७ सालमा रूपन्देहीमा विधिवत् शुभारम्भ भएकाे हाे। बुटवलका विद्युत व्यवसायीहरूले २०६५ सालमा बुटवल विद्युतीय व्यवसायी संघ स्थापना गरेर सुरुवात भएको संघ रूपन्देही जिल्लाका विद्युतिय व्यवसायीलाई समेट्दै जिल्ला संघ बनेको हो। जिल्ला संघ गठन नहुँदा सम्म महासंघको मातहतमा केही सहजीकरण हुने गर्दथ्यो। तर विद्युतीय व्यवसायीका समस्या र सांगठनिक गतिविधिमा सहज थिएन। रूपन्देहीमा स्थापना भए पश्चात विद्युतीय व्यवसायीहरूका आफ्ना व्यवसाय सञ्चालन ,सहकार्य , व्यावसायका हक हितका लागि सहज हुन गयो। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलबारीमा संघले आफ्नै भवनमा कार्यालय स्थापना गरेको छ।विद्युतीय क्षेत्रमा अवसर र चुनौती दुवै रहेको छ। संघमा आबद्ध व्यवसायीहरूका लागि १ लाख रुपैयाँ बराबरको ...
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतकाे आदेश

रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतकाे आदेश

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएकाे छ । न्यायाधीश नितीज राईको इजलासमा आज भएकाे थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आजै सकिएकाे थियाे । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि यो मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएकाे थियाे । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको ...
लुम्बिनीमा दान वापत १ करोड ४३ लाख संकलन

लुम्बिनीमा दान वापत १ करोड ४३ लाख संकलन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ। आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ। पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए। उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोली गणना गर्ने गरिएको बताए। दानपेटिकामा संकलित दानलाई सिसिटिभि क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो। मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरुले श्रद्धाले दान चढाउछन्। दानवापत संकलित आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको छ। ...
तराईका धेरै ठाउँमा आज पनि हुस्सु , सडकमा गाडी चलाउन समस्या

तराईका धेरै ठाउँमा आज पनि हुस्सु , सडकमा गाडी चलाउन समस्या

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ तराईका धेरै ठाउँमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । अस्तिदेखि नै  मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा गाडी चलाउनसमेत समस्या भएको छ । यस्तो समस्या बुटवल–नारायणगढ सडकमा बढी छ । आज पनि यस सडकखण्डमा गाडी चलाउन समस्या रहेको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजोदेखि नै बाक्लो हुस्सुसँगै शीतलहर चलेको छ । हुस्सु र कुहिरोले दृश्य नदेखिने र शीतलहरले बाटो चिप्लिने समस्या भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको हो । हिजो बिहानदेखि बन्द रहेको बुटवल–नारायणगढ सडकखण्ड दिउँसोपछि एकतर्फी खुलेको छ । दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्न थालेपछि तराई मधेशका धेरै बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्ने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईमा घर बाहिर निस्कँदा कपडा भिज्ने खालको शी...
जाडो बढपछि रुपन्देहीको तिलाेत्तमा नगरका बिद्यालयमा बिदा

जाडो बढपछि रुपन्देहीको तिलाेत्तमा नगरका बिद्यालयमा बिदा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, स्थानीय
रुपन्देही जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयलाई आजदेखी ४ दिन जाडो विदा दिएको छ। नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत गङ्गाराम आचार्यले एक सूचना जारी गरि नगर भित्रका सबै विद्यालयमा पौषको २५ गतेदेखि २९ गतेसम्म विदा दिने बताएका हुन्। ‘यस नगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गरिने जाडो बिदा वार्षिक विदामा समायोजन हुने गरि २०८१ पौष २५ देखी मिति २०८१ पौष २९ गतेसम्म चार दिनसम्मको लागि जाडो बिदा गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।’ सूचनामा भनिएको छ। तिलोत्तमामा सामुदायिक ४४ र संस्थागत ४४ विद्यालय छन्। केही दिनदेखि रुपन्देहीसहित तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोसहित शीतलहरसमेतले चिसो बढेको छ। ...
अर्थमन्त्रीसँग विस्तारित कर्जा सुविधाबारे आईएमएफका अधिकारीहरूको छलफल

अर्थमन्त्रीसँग विस्तारित कर्जा सुविधाबारे आईएमएफका अधिकारीहरूको छलफल

Breaking news 1, राजनीति, समाचार, समाज
काठमाडौं अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (इक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसिएफ)को समीक्षा गर्न आईएमएफ टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेट गरेको छ ।  आईएमएफको समीक्षा टोलीका प्रमुख सर्वत जहान नेतृत्वको प्रतिनिधिमण्डलसँग आफ्नै कार्यकक्षमा भएको भेटमा अर्थमन्त्री पौडेलले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार देखिएको र सुधारका भावी कामले थप सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरेकाे मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।  उनले आर्थिक चुनौतीलाई कानुनी, नीतिगत, र संवादात्मक माध्यमबाट सम्बोधन गर्न सरकार तयार रहेको र सुधारका लागि विशेष ध्यान दिइरहेको जानकारी गराए । अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई मुलुकको राष्ट्रिय सन्दर्भ र आवश्यकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्य...
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

Breaking news 1, पत्रपत्रिका, समाचार
काठमाडौं  मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।  भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।  मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो  । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ...
बाक्लो हुस्सुले नवलपरासीमा राजमार्गमा आवागमननै ठप्प

बाक्लो हुस्सुले नवलपरासीमा राजमार्गमा आवागमननै ठप्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
 पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा बाक्लो हुस्सुका कारण मँगलबार राती सवारी आवागमन नै प्रभावित भएको छ । मंगलबार राति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए । क्षेत्रमा प्रहरी टोली खटाइएको थियो । डिएसपी रेशम बोहराका अनुसार आज बिहानपख सवा ३ बजेतिर एकतर्फी सवारी साधन सञ्चालन भएका थिए । तर, अहिले पनि बाटो चिप्लो भएकाले मालबाहक गाडीहरु सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । यसले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक  असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। ...
संविधान संशोधन तत्काल सम्भव छैन : प्रधानमन्त्री ओली

संविधान संशोधन तत्काल सम्भव छैन : प्रधानमन्त्री ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संविधान संशोधनको सम्भावना नरहेको बताएका छन् ।  मंगलबार एमाले केन्द्रीय कमिटी बैठकको समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि राष्ट्रिय सहमति र दुई तिहाइ संख्या पुग्ने सम्भावना नभएकाले तत्काल संविधान संशोधन भइहाल्ने अवस्था नरहेको बताएका हुन् ।  ‘संविधान संशोधनका लागि राष्ट्रिय सहमति पनि चाहिन्छ, संसदमा संख्या पनि पुग्नुपर्छ’,ओलीको भनाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अहिले त्यो दुवै अवस्था छैन ।’ तर ओलीले संविधान संशोधनको तयारी भने गर्दै अघि बढ्ने बताएका थिए । ‘सबै तयारी पुरा भएपछि संविधान संशोधन नगर्ने भन्ने कुरा हुँदैन । पहिला तयारी गर्नुपर्छ’, ओलीको भनाइ छ । ...