बाक्लो हुस्सुले नवलपरासीमा राजमार्गमा आवागमननै ठप्प


 पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा बाक्लो हुस्सुका कारण मँगलबार राती सवारी आवागमन नै प्रभावित भएको छ ।

मंगलबार राति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए । क्षेत्रमा प्रहरी टोली खटाइएको थियो । डिएसपी रेशम बोहराका अनुसार आज बिहानपख सवा ३ बजेतिर एकतर्फी सवारी साधन सञ्चालन भएका थिए । तर, अहिले पनि बाटो चिप्लो भएकाले मालबाहक गाडीहरु सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । यसले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक  असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...