तराईका धेरै ठाउँमा आज पनि हुस्सु , सडकमा गाडी चलाउन समस्या


काठमाण्डौ

तराईका धेरै ठाउँमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । अस्तिदेखि नै  मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा गाडी चलाउनसमेत समस्या भएको छ ।

यस्तो समस्या बुटवल–नारायणगढ सडकमा बढी छ । आज पनि यस सडकखण्डमा गाडी चलाउन समस्या रहेको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजोदेखि नै बाक्लो हुस्सुसँगै शीतलहर चलेको छ । हुस्सु र कुहिरोले दृश्य नदेखिने र शीतलहरले बाटो चिप्लिने समस्या भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको हो ।

हिजो बिहानदेखि बन्द रहेको बुटवल–नारायणगढ सडकखण्ड दिउँसोपछि एकतर्फी खुलेको छ । दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्न थालेपछि तराई मधेशका धेरै बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् ।

तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्ने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईमा घर बाहिर निस्कँदा कपडा भिज्ने खालको शीतलहर चलिरहेको स्थानीयबासिन्दाको भनाइ छ । तर सरकारले शीतलहर घोषणा गरिसकेको छैन ।

शीतलहर चलेको घोषणा गर्न आवश्यक मापदण्डबारेमा सुक्ष्म अवलोकन गरिरहेको र सबै मापदण्ड पूरा भएमा घोषणा गर्ने मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले बताए।

मौसमविद झाका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीच पाँच डिग्री सेल्सियस फरक, पारदर्शिता एक किलोमिटरभन्दा कम र पानी तपतप चुहिने अवस्थालगातार तीन दिनसम्म भयो भने शीतलहर चलेको घोषणा गरिन्छ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...