फूलमाला आयातले त्रसित नेपाली कृषक : भित्रिन थाल्यो भारतीय फूलमाला
बुटवल
हरेक वर्षको तिहारमा सबैभन्दा बढी फूलमालाको खपत हुने गर्दछ । यस वर्षको तिहार नजिकिँएसँगै व्यापारीहरु फूलमालाको जोहोमा लागेका छन् । कृषकहरु पनि उत्पादन बजारमा पठाउन तयारी अवस्थामा छन् । तर, भारतबाट फूलमाला भित्रियो भने मुल्य नपाउने चिन्ता उत्तिकै छ ।
रुपन्देहीको तिलोत्तमामा सामुहिक फूल खेती गर्दै आएको क्षितिज कृषक समुहकी सदस्य नविना भण्डारीले हरेक वर्ष भारतीय फूलमाला भित्रिदा मुल्य नपाउने त्रास रहिरहेको गुनासो गरिन् । यस वर्ष पनि भारतीय फूलमाला भित्रिने हो भने उनीहरुको उत्पादनले मुल्य पाउने छैन । गत वर्ष पनि लक्ष्मी पूजाको दिनदेखिनै भारतीय सीमाबाट करोडौंको अवैध फूलमाला भित्रिँदा नेपाली कृषकले प्रति माला २०/३० रुपैयाँमा पनि बिक्री गर्न नसकेको गुनासो गरिन् । करिब १३ कट्ठा जमिन भाडामा लिएर उनीहरुले खेती गर्दै आएका छन् । यस वर्ष पनि करिब २ हजार ५ सय फूलमाला बिक्री गर्ने लक्ष्...








