स्ववियु निर्बाचन सफल बनाउन सम्पर्क समन्वय कमिटी लाग्नु पर्नेमा उपमहासचिव ज्ञवालीको जोड


काठमाडौं

 नेकपा एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा आसन्न हुन गई रहेको स्वबियु निर्बाचनको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले स्ववियु निर्बाचन सफल बनाउन सम्पर्क समन्वय कमिटी लाग्नु पर्नेमा जोड दिनु भएको थियो । ज्ञवालीले स्वबियु सबैभन्दा पहिलो प्रजातान्त्रिक संस्था थियो। जनताका हक अधिकारको आन्दोलनमा र बिद्यार्थी आन्दोलनले स्वबियु निर्बाचनको अधिकार स्थापित गरेको थियो भन्ने बताउनु भएको थियो । अनेरास्वबियुले निर्बाचन जितेमा पार्टीको कद पनि उच्च रहने कुरा बताउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका ईन्चार्ज लालबाबु पण्डित, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोर्चा संगठन प्रमुख भानुभक्त ढकाल, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा संगठन बिभाग सचिव माधव ढुंगेल, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली र सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापा, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सरस्वती बस्नेत, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा अनेरास्वबियु इन्चार्ज किशोर बिक्रम मल्ल, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य ऐन महर, अनेरास्वबियुका अध्यक्ष समिक बडाल लगायत अनेरास्वबियुका पधाधिकारीहरुको अतिथ्यतामा सम्पन्न भएकोछ ।

कार्यक्रमको अध्यक्षता नेकपा एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत, स्वागत मन्तब्य सह संयोजक थानेश्वर बस्याल र संचालन सचिव आर सी लामिछनेले गर्नु भएको थियो ।
कार्यक्रममा आसन्न हुन गईरहेको स्वबियु निर्बाचनमा अनेरास्वबियुका उम्मेद्धारलाई निर्बाचित कसरी गराउने बिषयमा सम्पर्क समन्वय कमिटी, सातै प्रदेश सम्पर्क कमिटी र जिल्ला सम्पर्क मञ्चहरु आ–आफ्नो ठाउबाट लाग्नु पर्नेमा छलफल केन्द्रित भएको थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...