स्ववियु निर्बाचन सफल बनाउन सम्पर्क समन्वय कमिटी लाग्नु पर्नेमा उपमहासचिव ज्ञवालीको जोड


काठमाडौं

 नेकपा एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा आसन्न हुन गई रहेको स्वबियु निर्बाचनको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले स्ववियु निर्बाचन सफल बनाउन सम्पर्क समन्वय कमिटी लाग्नु पर्नेमा जोड दिनु भएको थियो । ज्ञवालीले स्वबियु सबैभन्दा पहिलो प्रजातान्त्रिक संस्था थियो। जनताका हक अधिकारको आन्दोलनमा र बिद्यार्थी आन्दोलनले स्वबियु निर्बाचनको अधिकार स्थापित गरेको थियो भन्ने बताउनु भएको थियो । अनेरास्वबियुले निर्बाचन जितेमा पार्टीको कद पनि उच्च रहने कुरा बताउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका ईन्चार्ज लालबाबु पण्डित, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोर्चा संगठन प्रमुख भानुभक्त ढकाल, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा संगठन बिभाग सचिव माधव ढुंगेल, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली र सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापा, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सरस्वती बस्नेत, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा अनेरास्वबियु इन्चार्ज किशोर बिक्रम मल्ल, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य ऐन महर, अनेरास्वबियुका अध्यक्ष समिक बडाल लगायत अनेरास्वबियुका पधाधिकारीहरुको अतिथ्यतामा सम्पन्न भएकोछ ।

कार्यक्रमको अध्यक्षता नेकपा एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत, स्वागत मन्तब्य सह संयोजक थानेश्वर बस्याल र संचालन सचिव आर सी लामिछनेले गर्नु भएको थियो ।
कार्यक्रममा आसन्न हुन गईरहेको स्वबियु निर्बाचनमा अनेरास्वबियुका उम्मेद्धारलाई निर्बाचित कसरी गराउने बिषयमा सम्पर्क समन्वय कमिटी, सातै प्रदेश सम्पर्क कमिटी र जिल्ला सम्पर्क मञ्चहरु आ–आफ्नो ठाउबाट लाग्नु पर्नेमा छलफल केन्द्रित भएको थियो ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...