वैदेशिक अध्ययनका लागि दुई महिनामै २८ अर्ब : राष्ट्र बैंकको प्रतिवेदन
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिने रकम बढेको छ भने सोही शीर्षकमा मुलुक भित्रिने रकम घटेको छ । वैदेशिक अध्ययनका लागि यस वर्षको दुई महिनामै करिब सवा २८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
यो गत वर्षको सोही अवधिमा विदेशी अध्ययनका लागि बाहिरिएको रकमभन्दा झन्डै ५ अर्ब रुपैयाँ बढी हो । गत आर्थिक वर्षको साउन र भदौमा विदेश अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको थियो ।
गत साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको थियो । पहिलो महिनामा यो शीर्षकमा बाहिरिएको रकम गत आर्थिक वर्षको सोही अवधिको करिब ३९ प्रतिशतले बढेको थियो ।
पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन...








