समाचार

सांसद दीपक बोहराको निधन

सांसद दीपक बोहराको निधन

Breaking news 1, ताजा अपडेट, समाचार
१९ चैत, काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन्पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको...
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुग्यो

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – सुनको भाउमा आज पनि कीर्तिमान कायम भएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । ...
तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थप (पक्राउ परेकाको नामसहित)

तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थप (पक्राउ परेकाको नामसहित)

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ १८ चैत – गएको शुक्रवार काठमाण्डौको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये ४१ जनालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ । जिल्ला अदालत काठमाण्डौले राप्रपाका सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले मिश्र र जबरा लगायत ११ जनालाई राज्यविरुद्धको कसूर र सङ्गठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाएको छ । यस्तै उनीहरुसहित सबैलाई आपराधिक उपद्रव र सङ्गठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । प्रहरीले एक सय जनाभन्दा बढीलाई पक्राउ गरेकोमा अरुलाई सामान्य सोधपुछपछि छोडिसकेको छ । ४१ जनालाई अदालतमा पेश गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोज...
व्यवस्थाविरुद्ध भइरहेको गतिविधिका जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र रहेको गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष

व्यवस्थाविरुद्ध भइरहेको गतिविधिका जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र रहेको गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ १८ चैत – गणतन्त्र पक्षधर प्रमुख दलहरुले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेको गतिविधिमा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका छन् । व्यवस्था र संविधानका विरुद्ध गतिविधि गर्ने पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हिजो सिंहदरबारमा भएको गणतन्त्र पक्षधर दलको बैठकमा सबै दलका नेताले पूर्वराजाकै कारण अराजक गतिविधि बढेको निष्कर्ष निकालेका हुन् । उनीहरूले त्यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले देशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै पूर्वराजाका गतिविधि कानून र संविधानविरुद्ध भइरहेको पाइएकाले प्रमुख राजनीतिक दलका तर्फबाट सुझाव दिन आग्रह गर्नुभएको थियो । दलहरुले व्यवस्था विरोधी गतिविधि ग...
विश्व बैंकद्वारा नेपालको पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत

विश्व बैंकद्वारा नेपालको पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डौ १७ चैत्र – विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड रुपैयाँ स्वीकृत गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका लागि स्वीकृत गरिएको विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपालमा पुल पूर्वाधारले दुर्गम र सहरी समुदायको जीवनयापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवम् जलवायुजन्य जोखिमले यस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका लागि वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।      ...
तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन

तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन

Breaking news 1, ताजा अपडेट, समाचार
१७ चैत, काठमाडौं । गत शुक्रबार (चैत्र १५) काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो । सो दिनको अराजक गतिविधिबाट निजी सम्पती लगायतका सरकारी सम्पतीमा गम्भीर क्षति भएको हुँदा उक्त दिनको घटनाको सत्यतथ्य छानविन गरी संलग्न जो सुकैलाई पनि कानुनी दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न र यस प्रकारका घटनाहरू पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ...
म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

Breaking news 1, ताजा अपडेट, विदेश, समाचार
म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन हजार चार सय भन्दा धेरै घाइते भएका पछिल्लो विवरण छ । आज तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ । ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प र त्यसको केही मिनेटपछिको ६ दशमलव ७ म्याग्निच्युडको पराकम्पले म्यानमार र थाइल्याण्डमा क्षति गरेको छ । १७ लाखभन्दा धेरै मानिसका घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धारका सामग्री पुर्‍याउने काममा समेत समस्या भएको बीबीसीले जनाएको छ ।    ...
आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ १७ चैत्र – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । हिजो अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनायो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए । गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए । गुजरातले दोस्रो खेलमा पहिलो जीत निकालेको हो । मुम्बईको यो लगातार दोस्रो हार हो । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो ख...
मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्‍यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर

मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्‍यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल दूरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड वुटवलले ६८ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मेडिटेक हस्पिटल बुटवलको प्राविधिक सहयोगमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शनिबार बुटवलको वडा नम्बर ११ बुद्धनगर मा रहेको सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन भएको हो। उक्त स्वास्थ्य शिविरले सहकारीका सदस्य तथा स्थानीयलाई स्वास्थ्य परीक्षण गर्ने र रोग लुकाउँदा पछि बढी जोखिम हुन्छ भन्ने प्रशिक्षणका गराउनका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको हो। करिब २ हजार महिला मात्र सदस्य रहेको दूरदर्शी महिला तथा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मीनाकुमारी कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीको योजनानै सदस्य लगायत सबै नागरिकलाई आर्थिक रुपमा, सामाजिक रुपमा र स्वास्थ्यको हिसाबले अब्बल बनाउने रहेको हुनाले रा...
पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने

पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ १६ चैत्र – नेपाल पत्रकार महासङ्घले राजावादीहरुको हिजोको प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै आज विरोध सभा गर्ने भएको छ । पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज बिहान ८ बजे माइतीघर मण्डलामा भेला भएर विरोध तथा शोक सभा गर्ने महासङ्घले जनाएको छ । यस्तै महासङ्घले स्थापना दिवसका अवसरमा आजका लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । ‘स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोध शभाको रूपमा मनाउने’ महासङ्घका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी प्रदेश समिति तथा शाखा समितिले स्थापना दिवसका अवसरमा तय गरेको सबै कार्यक्रम स्थगित गरी केन्द्रीय समितिले तय गरेबमोजिम गर्न समेत महासङ्घले अनुरोध गरेको छ । ...