देशका विभिन्न नदीको जलसतहले सतर्कता तह पार गर्याे
काठमाण्डौ – निरन्तरको वर्षाले विभिन्न क्षेत्रका नदी तथा खोलामा पानीको बहावसँगै जोखिम बढेको छ । काठमाण्डौमा विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले नदी तटीय क्षेत्र आसपास बस्ने र नदी किनार भई यात्रा गर्नेहरूलाई दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिकामा रहेको खोड्कु खोला झरुवाराशी जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । त्यस क्षेत्रमा नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकोले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ । यसैबीच, आज सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी ( पूर्व), नवलपरासी ( पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केह...








