पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने


काठमाण्डौ १६ चैत्र – नेपाल पत्रकार महासङ्घले राजावादीहरुको हिजोको प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै आज विरोध सभा गर्ने भएको छ ।

पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज बिहान ८ बजे माइतीघर मण्डलामा भेला भएर विरोध तथा शोक सभा गर्ने महासङ्घले जनाएको छ ।

यस्तै महासङ्घले स्थापना दिवसका अवसरमा आजका लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । ‘स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोध शभाको रूपमा मनाउने’ महासङ्घका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी प्रदेश समिति तथा शाखा समितिले स्थापना दिवसका अवसरमा तय गरेको सबै कार्यक्रम स्थगित गरी केन्द्रीय समितिले तय गरेबमोजिम गर्न समेत महासङ्घले अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...