तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थप (पक्राउ परेकाको नामसहित)


काठमाण्डौ १८ चैत – गएको शुक्रवार काठमाण्डौको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये ४१ जनालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।

जिल्ला अदालत काठमाण्डौले राप्रपाका सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रहरीले मिश्र र जबरा लगायत ११ जनालाई राज्यविरुद्धको कसूर र सङ्गठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।

यस्तै उनीहरुसहित सबैलाई आपराधिक उपद्रव र सङ्गठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीले एक सय जनाभन्दा बढीलाई पक्राउ गरेकोमा अरुलाई सामान्य सोधपुछपछि छोडिसकेको छ । ४१ जनालाई अदालतमा पेश गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सङ्गठित तबरले आपराधिक घटना गराएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...