तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थप (पक्राउ परेकाको नामसहित)


काठमाण्डौ १८ चैत – गएको शुक्रवार काठमाण्डौको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये ४१ जनालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।

जिल्ला अदालत काठमाण्डौले राप्रपाका सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रहरीले मिश्र र जबरा लगायत ११ जनालाई राज्यविरुद्धको कसूर र सङ्गठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।

यस्तै उनीहरुसहित सबैलाई आपराधिक उपद्रव र सङ्गठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीले एक सय जनाभन्दा बढीलाई पक्राउ गरेकोमा अरुलाई सामान्य सोधपुछपछि छोडिसकेको छ । ४१ जनालाई अदालतमा पेश गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सङ्गठित तबरले आपराधिक घटना गराएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...