गुल्मीको रेसुङ्गा ६ मा एक गोठमा आगालागी , २ गाई मरे
गुल्मी, २३ चैत्र । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अत्तरकाडामा शनिबार एक गोठमा आगलागी हुँदा दुई गाईको जलेर मृत्यु भएको छ।
स्थानीय रूक्मागत मरासिनीको गोठमा दिउँसो अचानक आगो लागेको हो। स्थानीय बासिन्दा, रेसुङ्गा नगरपालिकाको दमकल टोली र नगर प्रहरीको सक्रिय प्रयासमा आगो नियन्त्रणमा ल्याइएको थियो। गोठमा लागेको आगो अन्यत्र फैलिन नदिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको हो।
स्थानीय टिकाराम अधिकारीका अनुसार समयमै आगो नियन्त्रणमा आएकोले ठूलो मानविय तथा धनजनको क्षति हुन सकेन।
हालसम्म आगलागीबाट भएको क्षतिको सम्पूर्ण विवरण प्राप्त भइसकेको छैन भने आगलागीको कारण पनि खुल्न सकेको छैन।
सुख्खा मौसमका कारण पछिल्लो समय आगलागीका घटनाहरू बढ्दै गएका छन्। केही दिनअघि सोही वडाको चेक्मीमा पनि आगलागी भई झबिलाल मरासिनीको एक गोठ पूर्णरूपमा जलेको थियो।
अत्तरकाडा , बालकाटे , चेक्मी लगायत वरपरका ...








