भारतको महाराष्ट्र र झारखण्डमा विधानसभा चुनावको मतगणना सुरु
काठमाडौं
भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरु भएको छ ।
महाराष्ट्रको २८८ विधानसभा सिटका लागि २० नोभेम्बरमा एकै चरणमा मतदान भएको थियो भने झारखण्डको ८१ विधानसभा सिटका लागि दुई चरणमा-१३ नोभेम्बर (पहिलो) र २० नोभेम्बर (दोस्रो) मतदान भएको थियो ।
यी दुई राज्यका विधानसभा चुनावबाहेक केरलाको वायनाड र महाराष्ट्रको नांदेड़ लोकसभा सिटहरू साथै केही राज्यका विधानसभा सिटहरूका लागि उपचुनाव पनि भएको छ । तिनको नतिजा पनि आज नै सार्वजनिक हुनेछन् ।
महाराष्ट्रमा सत्तारूढ महायुती र महाविकास अघाडीबीच प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै, झारखण्डमा जेएमएम नेतृत्वको ‘इन्डिया’ गठबन्धन र बीजेपी नेतृत्वको ‘एनडीए’ गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ ।
मतदानपछि आएका अधिकांश एक्जिट पोलहरूले दुवै राज्यमा कडा प्रतिस्पर्धा हुने देखाएका छन् । यी पोलहरूले महाराष्ट्रमा बीजेपी नेतृत्वको महायुती...








