नेपाल सुपर लिग : धनगढीको विजयी शुरूवात, बुटवल लुम्बिनी ४–१ ले पराजित


काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा साबिक उपविजेता धनगढीले विजयी शुरूवात गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा धनगढीले बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गरेको हो । योसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क जोडेको छ ।

बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

धनगढीको जीतमा लेबनानी फरवार्ड अहमद हिजाजीले दुई र कृतिशरत्न छुन्जु र सर्जियो बार्बोजुले समान एक गोल गरे । बुटवलका केन्टा हाराले एक गोल फर्काए ।

तेस्रो संस्करणको एनएसएल फुटबलमा आज ललितपुर सिटी र पोखरा खेल्दैछन् । प्रतियोगितामा सात वटा टोलीसहभागी छन् । लिग चरणमा कुल २१ खेल हुनेछन् ।

लिग चरणपछि चार वटा टोली प्लेअफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...