नेपाल सुपर लिग : धनगढीको विजयी शुरूवात, बुटवल लुम्बिनी ४–१ ले पराजित

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा साबिक उपविजेता धनगढीले विजयी शुरूवात गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा धनगढीले बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गरेको हो । योसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क जोडेको छ ।

बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

धनगढीको जीतमा लेबनानी फरवार्ड अहमद हिजाजीले दुई र कृतिशरत्न छुन्जु र सर्जियो बार्बोजुले समान एक गोल गरे । बुटवलका केन्टा हाराले एक गोल फर्काए ।

तेस्रो संस्करणको एनएसएल फुटबलमा आज ललितपुर सिटी र पोखरा खेल्दैछन् । प्रतियोगितामा सात वटा टोलीसहभागी छन् । लिग चरणमा कुल २१ खेल हुनेछन् ।

लिग चरणपछि चार वटा टोली प्लेअफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...