गुल्मीको रेसुङ्गा ६ मा एक गोठमा आगालागी , २ गाई मरे



गुल्मी, २३ चैत्र । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अत्तरकाडामा शनिबार एक गोठमा आगलागी हुँदा दुई गाईको जलेर मृत्यु भएको छ।

स्थानीय रूक्मागत मरासिनीको गोठमा दिउँसो अचानक आगो लागेको हो। स्थानीय बासिन्दा, रेसुङ्गा नगरपालिकाको दमकल टोली र नगर प्रहरीको सक्रिय प्रयासमा आगो नियन्त्रणमा ल्याइएको थियो। गोठमा लागेको आगो अन्यत्र फैलिन नदिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको हो।

स्थानीय टिकाराम अधिकारीका अनुसार समयमै आगो नियन्त्रणमा आएकोले ठूलो मानविय तथा धनजनको क्षति हुन सकेन।

हालसम्म आगलागीबाट भएको क्षतिको सम्पूर्ण विवरण प्राप्त भइसकेको छैन भने आगलागीको कारण पनि खुल्न सकेको छैन।

सुख्खा मौसमका कारण पछिल्लो समय आगलागीका घटनाहरू बढ्दै गएका छन्। केही दिनअघि सोही वडाको चेक्मीमा पनि आगलागी भई झबिलाल मरासिनीको एक गोठ पूर्णरूपमा जलेको थियो।

अत्तरकाडा , बालकाटे , चेक्मी लगायत वरपरका गाउँहरूमा सेल्लेरीका जङ्गल्बप्रशस्त भएका कारण आगलागीको जोखिम अझ बढेको स्थानीयवासीको भनाइ छ। यस्तो जोखिम न्यूनीकरणका लागि रेसुङ्गा नगरपालिका तथा सम्बन्धित निकायहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

कतिपय स्थानीय तहहरूले सल्लाका रुख हटाउने अभियान थालेका छन्। सोही अनुरूप रेसुङ्गा नगरपालिकाले पनि नागरिकको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक कदम चाल्नुपर्ने स्थानिय नागरिको भनाई छ ।

आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दमकल चालक कमल पन्थीको सक्रियताको स्थानीयहरूले प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...