बुटवल हस्पिटल प्रा.लि. र ग्लोवल बैकबिच सहकार्य
बुटवल
बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ ।
त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका विचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहांले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहांले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजनरहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन अपिल समेत गर्नु भयो । सो अवसरमा ग्लोबल बैक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैक र हस्पिटलका विचमा भएको उपचार स...








