समाचार

नेपालको अर्थतन्त्र सुधार हुँदैछ: आइएमएफ उपनिर्देशक

नेपालको अर्थतन्त्र सुधार हुँदैछ: आइएमएफ उपनिर्देशक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताएकी छन् । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरिन ।  सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए । ...
सहकारी ठगीमा ६ सय ६९ थुनामा, १ हजार ५ सय ४० फरार

सहकारी ठगीमा ६ सय ६९ थुनामा, १ हजार ५ सय ४० फरार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सहकारी ठगी नेपालमा कति भयावह छ भन्ने यसमा संलग्न आरोपीहरू पक्राउ परेको तथ्यांकबाटै खुलस्त हुन्छ । करिब एक दशकमा ६ सय ६९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १ हजार ५ सय ४० जना फरार छन् । धेरैजसो पैसावाल र शक्तिशाली हुन् तर, पक्राउ परेका सबैजसो पुर्पक्षका लागि जेलमा छन् । संसदीय छानबिन विशेष समितिले कारबाहीका लागि गरेको सिफारिसअनुसार नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेका हुन् । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारी ठगिएको रकम, हाल चलिरहेका मुद्दा र भएका फैसलाको विश्लेषण गरिएको छ । २४ हजार २ सय २४ जना पीडित सर्वसाधारणले दिएका २ सय ५८ उजुरीका आधारमा प्रहरीले ६ सय ६९ जनालाई पक्राउ गरेको हो । यही बीचमा १ हजार ५ सय ४० भने फरार छन् । यी उजुरीमा प्रहरी अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि १ सय ११ मुद्दा दर्ता भएका ...
कर्मचारीलाई लुम्बिनीका मुख्यन्त्रीको १४ बुँदे निर्देशन जारी

कर्मचारीलाई लुम्बिनीका मुख्यन्त्रीको १४ बुँदे निर्देशन जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीलाई १४ बुँदे निर्देशन जारी गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन र उद्देश्य प्राप्तिका लागि निर्देशन जारी गरिएको हो । विगतमा प्रदेश सरकारको वजेट खर्च सन्तोषजनक नभएको, अनुदान वितरण र सरकारी खर्चमा मनपरी भएको,बेरुजू हरेक वर्ष बढेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।यसअघि मन्त्रिहरूका लागि आचारसंहिता जारी गरेका मुख्यमन्त्री आचार्यले मन्त्रालय र मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन जारी गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त बनाउन दिर्नेशन दिएका छन् ।प्रदेश स्थित निकाय तथा कार्यालयहरु...
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । उनले शनिबार साँझ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आज साइडलाइन भेटवार्ता गर्ने तयारी गरेका छन् । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । राष्ट्रसंघको महासभा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका थिए । उनी कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९ः४५ बजे न्यूयोर्क पुगेका थिए । प्रधानमन्त्री ओलीलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष...
सिद्धबाबा सुरुङमार्गका २ वटा बाईपास सुरुङको ब्रेक थ्रू

सिद्धबाबा सुरुङमार्गका २ वटा बाईपास सुरुङको ब्रेक थ्रू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्गमा २ वटा बाइपास सुरुङको ब्रेक थ्रू भएको छ । वाईपास सुरुङ १ को यही असोज ४ गते शक्रबार तथा  वाईपास सुरुङ ३ को भाद्र २६ गते ब्रेक थ्रू गरिएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ । सुरुङमार्गका तीनवटा बाइपास रहेका छन् । जसमा पहिलो बाइपास १५१ मिटरको र तेस्रो १३० मिटरको ब्रेक थ्रू भएको छ । दोस्रो १६१ मिटरको वाइपास सुरुङ पनि खन्ने काम जारी रहेको छ । हालसम्म मुख्य सुरुङमार्ग भने ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर छेडिएको हो । योसँगै करिब सुरुङको आधा भाग खन्ने काम सकिएको हो ।  उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङमार्गमा अहिले विस्फोटक ...
यस वर्षको दशैं टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

यस वर्षको दशैं टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

Breaking news 1, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले आज जारी गरेको सूचना अनुसार असोज २६ बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ। देवी विसर्जन गरिसकेपछि टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ। यस्तै असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको सूचनामा उल्लेख छ। असोज १८ गते बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर फेर्ने साइत छ। असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ। फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ। असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ। असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ। ...

प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान गरेका छन्।  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्।  प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री...

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक सूचना जारी गर्दै निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराईएको छ नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् । ...
मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अधिवेशन सम्पन्न

मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अधिवेशन सम्पन्न

ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको २५औं अधिवेशन विहिबार बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मानव अधिकारका क्षेत्रमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अग्रसरता उल्लेखनीय रहेको उल्लेख गरे। संविधान दिवसकाे दिन गरिएकाे अधिवेशनमा वाेल्दै उनले लामो संघर्षले संविधान प्राप्ति भएको र हरेक व्यक्तिले उपलब्धि प्राप्ति गर्न यसलाई परिस्कृत गर्दै जानुपर्ने बताए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बराल ,वरिष्ठ उपध्यक्ष कृष्ण बहादुर रावल ,निवर्तमान केन्द्रीय अध्यक्ष एवं सल्लाहकार गोविन्द खनाल, रूपन्देहीको सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा ,केन्द्रीय महासचिव रेणुका पौडेल ,नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शान्ति समाजको क्रियाशीलता उल्लेख्य रहेको बताए। कार...
रोल्पाली टिमुरमा विदेशीको चासो, व्यवसायिक खेतीका लागि सर्वेक्षण हुँदै

रोल्पाली टिमुरमा विदेशीको चासो, व्यवसायिक खेतीका लागि सर्वेक्षण हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
 रोल्पामा उत्पादन हुँदै आएको अर्गानिक टिमुरमा विदेशी कम्पनीहरुले समेत चासो देखिएपछि यसलाई व्यवसायिक खेतीमा लुम्बिनी प्रदेश सरकारले समेत अग्रसरता लिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेति बारे प्रदेश सरकारले व्यवसायीक योजना बनाउन साथ दिने बताएका छ् ।  लुम्बिनी प्रदेशका पहाडी भू-भागमा अर्गानिक टिमुर खेति हुँदै आएको छ । टिमुरको व्यवसायिक खेतिबाट किसानको जीवनस्तर सुधार गर्न सकिने बताउँदै मुख्यमन्त्री अचार्यले दातृ निकाय तथा उद्यमीहरुसँग बिहिवार राप्ती उपत्यका देउखुरीमा छलफल गरेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा टिमुर खेतीको विकासको लागि सम्वोधन गरिएको समेत मुख्यमन्त्रीले सो क्रममा जानकारी गराए । ‘हाम्रा पहाडी भू-भागमा राम्रो टिमुर उत्पादन हुन्छ । किसानलाई बढी फाईदा हुनेगरी टिमुर उत्पादन गर्न ...