आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्नु पर्छ : सुनिता डंगोल


काठमाडौं

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एमाले माथीको आक्रमण भैरहेको भन्दै त्यसलाई अझ उत्कृष्ठ कामबाट जवाफ दिनु पर्ने बताएकी छन्। 

उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम गरेको देख्न नचाहनेहरुले नेकपा एमाले, अध्यक्ष केपी शर्मा ओली र आफूमाथि घेराबन्दी गरेको उनको भनाई थियो। हामी माथी निरन्तर घेराबन्दी भैरहेको छ त्यसलाई उत्कृष्ट काम गरेर जवाफ दिने हो। उनले भनिन्। 

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै आफूले राम्रो काम गरेपछि निरन्तर आक्रमण भएको महसुस गरेको बताइन्।

उनले भनिन्,’मैले गरेको काम देशभित्र मात्रै होइन, अन्तराष्ट्रिय रुपमा पनि राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रा निरन्तर गरिररहे, त्यसले पनि विरोधीलाई पोल्यो। कुनै आधारविहिन लेख्नलाई पनि छेकेन जथाभावी बोल्न र कमेन्ट गर्नका लागि छेकेर जथाभावी आक्रमण गरिररहे। ती आक्रमण गर्नेहरु राष्ट्रविरोधी हुन् अहिले पनि सल्बलाइरहेका छन्।’

उनले एमाले, प्रधानमन्त्री केपी ओली र आफूमाथिको आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्ने बताइन्। उनले प्रधानमन्त्री ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको बताइन्।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...