आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्नु पर्छ : सुनिता डंगोल


काठमाडौं

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एमाले माथीको आक्रमण भैरहेको भन्दै त्यसलाई अझ उत्कृष्ठ कामबाट जवाफ दिनु पर्ने बताएकी छन्। 

उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम गरेको देख्न नचाहनेहरुले नेकपा एमाले, अध्यक्ष केपी शर्मा ओली र आफूमाथि घेराबन्दी गरेको उनको भनाई थियो। हामी माथी निरन्तर घेराबन्दी भैरहेको छ त्यसलाई उत्कृष्ट काम गरेर जवाफ दिने हो। उनले भनिन्। 

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै आफूले राम्रो काम गरेपछि निरन्तर आक्रमण भएको महसुस गरेको बताइन्।

उनले भनिन्,’मैले गरेको काम देशभित्र मात्रै होइन, अन्तराष्ट्रिय रुपमा पनि राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रा निरन्तर गरिररहे, त्यसले पनि विरोधीलाई पोल्यो। कुनै आधारविहिन लेख्नलाई पनि छेकेन जथाभावी बोल्न र कमेन्ट गर्नका लागि छेकेर जथाभावी आक्रमण गरिररहे। ती आक्रमण गर्नेहरु राष्ट्रविरोधी हुन् अहिले पनि सल्बलाइरहेका छन्।’

उनले एमाले, प्रधानमन्त्री केपी ओली र आफूमाथिको आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्ने बताइन्। उनले प्रधानमन्त्री ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको बताइन्।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...