समाचार

युवालाई ओलीले भने- बुढोको कुरा मात्र किन सुन्ने भन्नुभयो भने गलत हुन्छ

युवालाई ओलीले भने- बुढोको कुरा मात्र किन सुन्ने भन्नुभयो भने गलत हुन्छ

Breaking news 2, समाचार
२९ साउन, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले उक्त आग्रह गरेका हुन् । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने । युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरुको योगदान भुल्न नहुने बताए । उनले बालबालिका देशको भविष्यका कर्णधार भएको र युवाहरु आजका कर्णाधार भएको पनि बताए । मान्छे सधैं युवा रहन नसक्ने तर युवा जत्तिकै ऊर्जाशील रहन सक्ने पनि उनले बताए । आफू ७० वर्ष कटिसके पनि युवाहरुको जस्तै ऊर्जा भएको बताए । ‘बिरामी हुँदा पनि एक्टिभ हुन्छु’ बिरामी भएको बेलामा पनि आफू सक्रिय हुने गरेको उनले बताए । मिर्गौला प्रत्यारोपणका लागि अस्पतालको बेडमा रहँदा प...
आगामी चुनावमा १० अर्ब खर्च हुने अनुमान

आगामी चुनावमा १० अर्ब खर्च हुने अनुमान

Breaking news 1, समाचार
निर्वाचन तयारीबारे जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया ।फोटो अनलाईन खबर २९ साउन, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनुमानति १० अर्ब खर्च हुने बताएका हुन् । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ । आगामी निर्वाचनका लागि कूल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ । ...
कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

Breaking news 2, ताजा अपडेट, समाचार
२८ साउन, चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनमा पनि कांग्रेसले गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्दै भरतपुर महानगरपालिकाको मेयर प्रचण्डकी छोरी रेनुलाई समर्थन गरेको थियो । रेनुविरुद्ध जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवार बनाएको कांग्रेसको असन्तुष्ट पक्षले प्रतिनिधिसभा पनि उम्मेदवारी बनाउने तयारी गरेको छ । कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औं जन्मजयन्तीका अवसरमा ‘कांग्रेस शुद्धीकरण अभियान’को नामबाट छलफल कार्यक्रम राखेको सो समूहले भदौ २४ गते बीपी जयन्ती...
थप २६३ जनामा कोरोना संक्रमण, ५०१ संक्रमणमुक्त

थप २६३ जनामा कोरोना संक्रमण, ५०१ संक्रमणमुक्त

Breaking news 3, ताजा अपडेट, समाचार
२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका हुन् । एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । ...
पार्टीकै नेता मिलाउन चुनौती छ : प्रचण्ड

पार्टीकै नेता मिलाउन चुनौती छ : प्रचण्ड

ताजा अपडेट, समाचार
२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको निष्कर्ष सुनाएका छन् । शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था रहेको बताएका हुन् । माओवादीका नेताहरू एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको उल्लेख गर्दै उनले भने, ‘अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु ।’ नेता मिलाउन सके जनता माओवादीको पक्षमा एकढिक्का रहेको उनको जिकिर छ । मधेसमा पार्टी प्रवेशको लहर भए पनि पार्टीकै नेताहरू एकअर्काविरुद्ध उत्रिएको प्रचण्डले बताए । ‘हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ’, उनले भने । प्रचण्डले स्थानीय...
प्रहरी समायोजन माग गर्दै मधेश सरकारका मन्त्री धर्नामा बस्ने

प्रहरी समायोजन माग गर्दै मधेश सरकारका मन्त्री धर्नामा बस्ने

Breaking news 1, Breaking news 3, ताजा अपडेट, समाचार
पत्रकार सम्मेलनमा मधेश सरकारका गृहमन्त्री भरत साह । २८ साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्री धर्नामा बस्ने भएका छन् । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले बताए । शनिबार पत्रकार सम्मेलन गरी उनले प्रहरी समायोजन नगरेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आइतबारदेखि बिहान ११ देखि २ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिने बताए । ‘यो आन्दोलन एक सातासम्म चल्छ’ उनले भने, ‘त्यस अवधिमा पनि सरकारले ध्यान नदिए अर्काे चरणको आन्दोलन घोषणा गर्छौं ।’धर्नामा प्रदेशका मन्त्री, प्रदेश सांसदको सहभागिता रहने मन्त्री साहले बताए । यसअघि प्रदेश...
प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

समाचार
२८ साउन, रुकुम (पूर्व) । रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए । ...

भ्रातृ संस्थाको नेतृत्वमा देउवाको एकलौटी, शेखर पक्षले बोलायो बैठक

Breaking news 2, समाचार
काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुको पुनर्गठनमा सभापति शेरबहादुर देउवाले एकलौटी मनोनयन गरेका छन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ लगायतका मुख्य भ्रातृ संस्थाको अध्यक्ष मनोनयन गर्दा देउवाले पार्टीभित्र कुनै परामर्श गरेनन् । डा.शेखर कोइराला नेतृत्वको संस्थापनइतर समूहले भ्रातृ संस्था गठन र पूर्णता दिने विषयमा परामर्श र सहमति गर्न माग गरेपनि संस्थापन पक्ष एक्लै अगाडि बढेको हो । सभापति देउवाले नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र राउत, नेपाल किसान संघमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीलाई अध्यक्षमा मनोनीत गरिसकेका छन् । मनोनयन भएका सबै भ्रातृ संस्थाका अध्यक्षहरु संस्थापन पक्षका हुन् । सभापति देउवाले कुनैपनि भ्रातृ संस्थाको नेतृत्व दिन नचाहेपछि संस्थापनइतर पक्ष आक्रोशित छ । यिनै विषयमा छल...

तराईका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

ताजा अपडेट, समाचार
२८ साउन, वीरगञ्ज । आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेश प्रदेशमा कुल १३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेस नगरेका पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन् । ...

उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई

Breaking news 1, समाचार
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन गर्ने र औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो । उम्मेदवारको नाम प्रस्ताव गर्ने समय भने बैठकले तोकेको छैन् । उपयुक्त समयमा पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइने कांग्रेसले बताएको छ । ...