नेकपा एसका संसदीय दलका नेता दीर्घबहादुर सोडारी प्रदेश सभाबाट निलम्वन


धनगढी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरे संगै सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेश सभाबाट निलम्बन गरिएको छ।

प्रदेश सभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको जानकारी दिए।

प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेश सभामा अब सो पार्टी तीन सदस्यमा सीमित भएको छ। सोडारी सुदुरपश्चिमका प्रभावसाली नेता हुन्। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले) बाट प्रदेश सभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारी संगै नेकपा एस तिर लागेका थिए।  

सोडारीले पदको दुरूपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो।

उनले आर्जन गरेको एक करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ बराबरको सम्पत्तिमध्ये ८५ लाख ५१ हजार ३३४ रूपैयाँ वैधानिक रूपमा आयआर्जन भएको देखिएको अख्तियारले जनाएको छ।

त्यसबाहेक एक करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै मुद्दा दायर भएको हो। अख्तियारले २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिको छानबिन गरेको थियो।

गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले सोडारीविरूद्ध उक्त रकम बराबरको बिगो कायम गरी त्यसअनुसार कैद र बिगो बमोजिम जरिवाना गर्न मागदाबी,ु अख्तियारले भनेको छ।

गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ।

सोडारीले वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाएर झुट्टा विवरण पेस गरेको भन्दै उनीमाथि थप कैद र जरिवाना समेत अख्तियारले माग गरेको हो।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...