समाचार

कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा मात्र वर्षाको सम्भावना

कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा मात्र वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल देशभर पहाडी भूभागमा साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानह...
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् विधेयक

राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् विधेयक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‍मा फिर्ता पठाएका छन् । राष्ट्रपतिले विधेयकमाथि पुनर्विचार गर्नका लागि फिर्ता पठाएका हुन् ।  राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मर्मअनुकूल नभएको भन्दै प्रतिनिधिसभामा पुनर्विचारका लागि फिर्ता पठाएका हुन् । विधेयकलाई प्रमाणीकरणका लागि सभामुख देवराज घिमिरले असार ३१ गते राष्ट्रपतिकहाँ पठाएका थिए ।'विधेयक संविधानको मर्म, भावना, लोकतान्त्रिक मूल्य मान्यता एवं विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाउनुभएको हो,' राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले इकान्तिप...
लुम्बिनी प्रदेशका एक बर्षे उपलब्धि मुख्यमन्त्री आचार्यद्वारा सार्वजनिक

लुम्बिनी प्रदेशका एक बर्षे उपलब्धि मुख्यमन्त्री आचार्यद्वारा सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गरेका छन् । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको बताए । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’ मुख्यमन्त्रीले भने–‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।’ उनका अनुसार चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ, जसब...
प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार ९आज० अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्ने कार्यसूचीमा रहेको छ। ...
पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी

पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र ९बयान० सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।     पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीसहित अन्य विरुद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी वकपत्रसँगै कागज गर्नेहरूको पनि बयान सकिएकाले यही साउन १८ गतेका लागि पेसी तोकिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।     ‘ठगी लिखत कीर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर’ को उक्त मुद्दाको साक्षी वकपत्र प्रस्तुत गर्दै प्रेमराज पन्थीले तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय टेकुमा जाहेरीपत्रमा हस्ताक्षर मात्र गरेको र अन्य व्यहोरा आफ्नो नभएको उल्लेख गरे ।      कानुन...
कपिलवस्तुमा अनाथ बालबालिकालाई खाद्यान्न बितरण

कपिलवस्तुमा अनाथ बालबालिकालाई खाद्यान्न बितरण

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
कपिलवस्तु, साउन ७— शहीद मनोज-भुपेन्द्र-सुरेन्द्र स्मृति दिवस २०८२ को अवसरमा कपिलवस्तुको तौलिहवामा रहेको बालमन्दिरका ३० जना अनाथ बालबालिकालाई लक्षित गर्दै खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा बुधबार भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा कपिलवस्तु इञ्चार्ज प्रकाश गौतम प्रमुख अतिथि रहनुभएको थियो भने अध्यक्षता जिल्ला अध्यक्ष केशवराज मरासिनीले गर्नुभएको थियो। विशेष अतिथिको रूपमा बालमन्दिरका अध्यक्ष गोपालमणि ज्ञवाली, पेशागत महासंघ कपिलवस्तु अध्यक्ष बाबुराम शर्मा, राष्ट्र सेवक सहकारीका अध्यक्ष सन्तोष थापा, पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक रामचन्द्र अर्याल, र कर्मचारी श्यामसुन्दर चौधरीको जोडिले आर्थिक सहयोग गर्नु भएको कार्यक्रमको संचालन संगठनका सचिव दिपक पाण्डेले गर्नुभएको थियो। मन्तव्य राख्ने क्रममा प्रमुख...
पुष्पलालले स्थापना गरेकाे नेपालकाे कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट लागि पाठशाला : उपाध्यक्ष पाैडेल

पुष्पलालले स्थापना गरेकाे नेपालकाे कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट लागि पाठशाला : उपाध्यक्ष पाैडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पाैडलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे कम्युनिस्ट विचारधारा र आन्दाेलन नेपाल मात्र नभएर विश्वभरका कम्युनिस्टहरूका लागि आधार रहेकाे वताए । ४७ औं पुस्पलाल स्मृति दिवसकाे अवसरमा बुधबार बुटवलमा आयोजित बिचार गाेष्ठिलाई सम्बाेधन गर्दै अर्थमन्त्री पाैडेलले मार्क्सवादबाट बाहेक समाज रूपान्तरण हुन सक्दैन भन्ने मान्यताका साथ पुष्पलालले कम्युनिस्ट पार्टी निर्माण गरेको उल्लेख गरे । अहिले वहस चलिरहेको विषयलाई सम्वाेधन गर्दै उनले पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीकाे पार्टी सदस्यता नविकरण नहुने बताएका छन् । पार्टी सदस्यता कायम रहेकाकाे मात्रै सदस्यता नविकरण हुने भन्दै उपाध्यक्ष पाैडेलले राष्ट्रपति हुनुअघि पुर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यता त्यागेकाेले नविकरण गर्न नमिल्ने स्पष्ट पारे । पुर्व रा...
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ...
नेपाल प्रहरीका ११ डीएसपी एसपीमा बढुवा

नेपाल प्रहरीका ११ डीएसपी एसपीमा बढुवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौ बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका ११ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन्। ...
पूर्वानुमान कहिलेकाहीँ नमिल्न पनि सक्छ, तर मौसमी सूचनालाई गम्भीर रुपमा लिनुपर्छ

पूर्वानुमान कहिलेकाहीँ नमिल्न पनि सक्छ, तर मौसमी सूचनालाई गम्भीर रुपमा लिनुपर्छ

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
पानी पर्छ कि पर्दैन भन्ने कुरा माथिल्लो वायुमण्डलमा भइरहेका गतिविधिका आधारमा पूर्वानुमान गरिन्छ । तर त्यहाँको अवस्था कहिलेकाहीँ स्पष्ट नहुने भएकाले पूर्वानुमान कहिले मिल्छ कहिले नमिल्न सक्छ । त्यही वायुमण्डलीय गतिविधिको अध्ययनले कतिपय ठाउँको मौसम सटिक रूपमा अनुमान गर्न सकिन्छ भने कतिपय ठाउँमा त्यही आधार अपूरो हुन सक्छ । अहिलेको अवस्थासमेत त्यही हो । सटेलाइटबाट प्राप्त विभिन्न सूचनाका आधारमा मौसम पूर्वानुमान गरिन्छ । पूर्वानुमानमा थुप्रै सङ्केत (सूचक) प्रयोग गरिन्छ, जसमध्ये एउटा बादलको अवस्था पनि हो । बादल देखिएपछि त्यहाँ पानी पर्न सक्छ भन्ने अनुमान गरिन्छ । तर बादल देखिए पनि त्यो ठाउँमा वर्षा नहुन पनि सक्छ । त्यसैले पूर्वानुमान अनुमानमै आधारित हुने हुँदा कहिलेकाहीँ फरक पर्न सक्छ । मौसम पूर्वानुमान प्रणालीलाई कम विश्वसनीय भन्न मिल्दैन । तर जलवायु परिवर्तनका कारण मौसममा छिटो पर...