कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा मात्र वर्षाको सम्भावना


काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

जसको प्रभावले हाल देशभर पहाडी भूभागमा साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्न...
एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

बुटवलमोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको ...
तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

बुटवलरुपन्देहीको बुटवल उपमहानगरपालिकाले आउँदै गरेका नेपालीहरूको महान् पर्वहरू शुभ दीपावली (तिहार) तथा छठ पर्व २०८३ को अवसरमा ...
एनपिएलः काठमाडौंले  जनकपुरलाई दियो ११६ रनको लक्ष्य

एनपिएलः काठमाडौंले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

बुटवलतेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमै समेटिए...