समाचार

संवैधानिक इजलास गठनको विवाद सुल्झियो, प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने

संवैधानिक इजलास गठनको विवाद सुल्झियो, प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतको संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवाद अन्तत: सुल्झिएको छ । अब संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने भएका छन् ।यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरू तोकिने गरेकोमा संवैधानिक आयोगहरूमा नियुक्तसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको मतभन्दा अलग फैसला हुने स्थिति भएपछि न्यायाधीश छनोट प्रक्रियामा प्रश्न उठेको थियो ।त्यसपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा गोलाबाट न्यायाधीशहरू तोकिने प्रस्ताव अघि सारेका थिए । तर उनको प्रस्तावमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल लगायतले असहमति जनाएपछि संवैधानिक इजलास सञ्चालनमा अवरोध खडा भएको थियो । अब प्रधानन्यायाधीश राउत आफैँले संवैधानिक इजलास गठनका लागि अरू चार जना न्यायाधीश छनोट गर्ने भएपछि विवाद सुल्झिएको छ । ...
उच्च अदालत तुलसीपुर बुटवलमा रविको मुद्दामा सुनुवाई सकेर आदेश आउँदै

उच्च अदालत तुलसीपुर बुटवलमा रविको मुद्दामा सुनुवाई सकेर आदेश आउँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवलराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो । रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए । यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । केहीबेरमा उच्च अदालतले रविको निवेदनका सम्बन्धमा आवश्यक आदेश दिनेछ । ...
रक्तदानबाट लाख युनिट रगत सङ्कलन

रक्तदानबाट लाख युनिट रगत सङ्कलन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ । राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा ‘विश्व बन्धुत्व दिवस’का अवसर पारेर ब्रह्माकुमारीका नेपाल र भारतमा रहेका विभिन्न केन्द्रमार्फत ‘विशाल रक्तदान महाअभियान–२०२५’ चलाइएको हो । एकै पटक नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख युनिटभन्दा धेरै रगत सङ्कलन भएको र उत्साहपूर्वक सहभागी भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय प्रशिक्षण केन्द्र बुटवलका प्रमुख कमला दिदीले जानकारी दिइन । यो महाअभियानको पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र नं १ का सङ्घीय सांसद छविलाल विश्वकर्माले एक समारोहबीच शुभकामनासहित समापन गरे । त्यस क्रममा सांसद विश्वकर्माले बन्धुत्व र शान्तिको कामना गर्दै भएको महाभियानले धेरैलाई प्रे...
असोज १ गतेभित्र इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने

असोज १ गतेभित्र इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ आगामी असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गरी असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुने भन्ने हल्लाको पछि नलाग्न भनेको हो। ‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्डजरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्नसमेत अनुरोध गरिन्छ।’ ...
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी,...
देशभर हर्षाेल्लास पुर्ण मनाईयाे तीज , बुटवलका विभिन्न ठाउँकाे (फोटो फिचरसहित)

देशभर हर्षाेल्लास पुर्ण मनाईयाे तीज , बुटवलका विभिन्न ठाउँकाे (फोटो फिचरसहित)

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
बुटवलहिन्दु नारीहरुको महान पर्व हरितालिका तीज मंगलबार देशभर धुमधामका साथ मनाईएको छ । महिला दिदीबहिनीहरुले बिहानैदेखि ब्रत बसी पुजा आराधना गर्दै शहरका पार्टी प्यालेस र गाउँका चौतारामा नाचगान गर्दै मनाएका छन् । रुपन्देहीको बुटवलमा पनि तिजकाे दिन महिला दिदीबहिनीहरुले परम्परागत संस्कृतिको जगेर्ना गर्दै यसको संरक्षणका लागि रातो र हरियो साडीमा सजिदैं मौलिक गीतमा नाचगान गर्दै मनाएका छन् ।एक महिनासम्म दर खादै पार्टी प्यालेसमा नाचेका दिदीबहिनीहरु तीजका दिनमा भने फरक किसिमले प्रस्तुत हुँदै सरिक भए । बुटवलको बुद्धनगरस्थित चौतारीमा,देवीनगरको चौतारीमा,दीपनगरस्थित सिद्धेश्वरी मा.वि.को प्राङ्गणमा, बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा, योगीकुटीस्थित देवस्थल मन्दिर प्राङ्गणलगायतका विभिन्न ठाउँहरुमा दिदीबहिनीहरु संगै दाजुभाइले साथ दिंदै मादल, खैजडु बजाउँदै मौलिक भाकामा नाच्दै तीज पर्व हर्षोल्लासका साथ ...
मेहनत गर्यो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्छन् : उद्यमी पाण्डे

मेहनत गर्यो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्छन् : उद्यमी पाण्डे

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवल ८ सुख्खानगरमा आधुनिक डिजाइनको होटल व्यवसाय देख्न सकिन्छ। गाडीमा किचन र स्टोर राखेर राम्रो सजावट सहित करिब २ कठ्ठा क्षेत्रफलमा टेबल ,कुर्सी राखेर सबैलाई आकर्षण गर्ने खालको रेस्टुरेन्ट देख्न सकिन्छ ।यस डायमणन्ड बाइट नामक होटल तथा रेस्टुरेन्टका सञ्चालक हुन् उद्यमी ,व्यवसायी दुर्गाप्रसाद पाण्डे। ५७ वर्षीय पाण्डे पहिला रोजगार र सीपको लागि भारतमा गएका थिए। भारतबाट नेपालमा आइसकेपछि बुटवल८ सुक्खानगर भानुपथका स्थायी बासिन्दा बने ।नेपालमा आइसकेपछि पाण्डेले चाउमिन उद्योग खोले,। सँगै होटल व्यवसाय पनि सुरु गरे।पहिला बुबाआमा, दाजुभाई ,दिदीबहिनीको सामूहिक परिवारमा रहेका उनले पछि सबै आ-आफ्नो उद्यममा लागिसकेपछि संयुक्त लगानीमा चाउमिन उद्योग र रूपन्देहीकी तिलोत्तमा नयाँ मिलमा डायमण्ड होटल साझेदारीमा चलाएका छन्। अन्य उद्योग व्यवसाय साझेदारीमा रहेकोले उनले आफूले देखेको र ...
तीजको इतिहास र महत्त्व

तीजको इतिहास र महत्त्व

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, लेख रचना, शिक्षा, समाचार, समाज
हिन्दु धर्मअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले घोर तपस्या गर्दा पनि फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन्।यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले ।आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरेर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल...
आज यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र तराईको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रह...
जिल्लाको आदेश चित्त बुझेन भन्दै रवि लामिछाने उच्च अदालतमा

जिल्लाको आदेश चित्त बुझेन भन्दै रवि लामिछाने उच्च अदालतमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवलउच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेश बिरुद्ध धरौटीमा रिहा हुन पाउ भनेर पेश गरेको निवेदन जिल्ला अदालतले अस्वीकृत गरेपछि रास्वपा सभापती रवि लामिछाने उच्च अदालत गुहारेका छन्। लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा बिगो रकम धरौटी राखेर साधारण तारेखमा रिहा गर्न माग गर्दै निवेदन दिएको उच्च अदालत तुलसीपुर बुटवल ईजलासका सुचना अधिकारी राम बहादुर कुंवरले बताए। सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए। लामिछानेले दायर गरेको निवेदन गएको साउन २६ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले उच्च अदालत तुलसीपुरको बुटवल ईजलासको आदेशलाई निरन्तरता दिएको हो। यस अघि लामिछानेले बैंक जमानतमा छाड्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरी उच्...