समाचार

आज यि स्थानमा वर्षा हुने

आज यि स्थानमा वर्षा हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ । आज दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखका अनुसार, आज दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ। कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रा...
जेनजी आन्दोलनबाट हालसम्म २० अर्ब ७० करोड बराबरको बिमा दावी

जेनजी आन्दोलनबाट हालसम्म २० अर्ब ७० करोड बराबरको बिमा दावी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंगत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म करिब २० अर्ब ७० करोड रुपैयाँ बराबरको बिमा दावी भएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार देशभरका १८ निर्जीवन बिमा कम्पनीमा एक हजार ९८४ वटा दावी दर्ता भएका छन्।सबैभन्दा बढी दावी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा ४० वटा दावी दर्ता भई रु ५ अर्ब १४ करोड ७९ लाख बराबरको दाबी गरिएको छ। त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ दावी दर्ता भई रु ४ अर्ब ९३ करोड बराबरको दावी भएको छ।शिखर इन्स्योरेन्समा ३६६ दावी दर्ता भई रु २ अर्ब ३९ करोड बराबर, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा २४ दावी भई रु १ अर्ब ५९ करोड बराबर, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ दावी भई रु १ अर्ब ४७ करोड बराबर र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ दावी भई रु १ अर्ब १५ करोड बराबरको दावी भएको प्राधिकरणले जनाएको छ...
दोब्बर बढ्यो हवाई भाडादर

दोब्बर बढ्यो हवाई भाडादर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही दशैंको मौंका छोपेर मुलुकमा आन्तरिक उडान भर्ने वायु सेवा कम्पनीले भाडा बृद्धि गरेपछि सर्वसाधरण मर्कामा परेका छन् । दशैं अगाडि मुलुकभर भारी वर्षा भइरहेको छ । जसले गर्दा राजमार्गमा यात्रा गर्न सहज छैन । बुटवल–नारायणगढ लगायत मुलुकमा प्रमुख राजमार्ग स्तरोन्नतीमा भएको ढिलाईले गाडीबाट यात्रा सहज छैन । यस्तो बेला विकल्पका रुपमा रहेको हवाई यातायात पनि महंगो भएपछि नागरिक मारमा परेका छन् । दशैंको मौंका छोपेर हवाई कम्पनीले भाडा दोब्बर बनाएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले केही दिन अघि भैरहवा–काठमाडौं उडान भर्ने वायु सेवा कम्पनीका स्टेशन म्यानेजर र गौतम बुद्ध विमानस्थलका प्रतिनिधि बोलाएर भाडाका विषयमा छलफल गरेको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए । ‘मुलुकभित्रै यात्रा सहज नभएका बेला वायु सेवा कम्पनीले अचाक्ली भाडा बढाएका छन्,’ उनले भने, ‘भाडाका विषयका नागरि...
जेनजीलाई सम्झिँदै राष्ट्रपति पौडेल : म पनि १७ वर्षमै राजनीतिमा होमिएको थिएँ

जेनजीलाई सम्झिँदै राष्ट्रपति पौडेल : म पनि १७ वर्षमै राजनीतिमा होमिएको थिएँ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीलाई सम्झँदै आफू पनि १७ वर्षमै राजनीतिमा होमिएको स्मरण गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, “हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो बन्छ भन्ने दृढ विश्वास छ । म पनि २०१७ सालमा १७ वर्षको उमेरमै प्रजातन्त्रका लागि राजनीतिमा लागेको थिएँ ।” राष्ट्रपति पौडेलले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गर्दै हालको अप्ठ्यारो परिस्थितिबाट बाहिरिन सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, “भदौ २४ पछि उत्पन्न राजनीतिक रिक्तता र अप्ठ्यारो परिस्थितिलाई सम्हाल्ने जिम्मेवारी मेरो काँधमा आएको छ । तर, सबैको सुझबुझ र सहयोगका कारण हामीले यो असहज अवस्थालाई सम्हाल्न सफल भएका छौँ ।” उनले लोकतन्त्र र संविधानको भावना अनुरूप काम गर्न सबै राजनीतिक पक्षलाई ...
भाटभटेनीका १० हजार कर्मचारी, सवैको जागिर शुनिश्चित

भाटभटेनीका १० हजार कर्मचारी, सवैको जागिर शुनिश्चित

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलजेनजी प्रदर्शनका क्रममा भएको नोक्सानीका कारण भाटभटेनीका be १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ। भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो। भदौ २४ गतेको प्रदर्शनको क्रममा केन्द्रीय कार्यालयसहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको थियो। नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन। यसमध्ये अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ भने १२ वटा अहिलेलाई बन्द छन्।भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएक...
जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो : पूर्व प्रधानमन्त्री ओली

जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो : पूर्व प्रधानमन्त्री ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश नदिएको पनि स्पष्टीकरण दिएका छन्।जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर सैनिक ब्यारेकमा पुगेका ओली नौ दिनपछि हिजो बिहीबार मात्रै डेरामा फर्केका थिए। उनी अहिले भक्तपुरको गुण्डुस्थित डेराको घरमा बसेका छन्। ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो,’ ओलीको सन्देशमा भनिएको छ, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ आज (शुक्रबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।मौसम महाशा...
आज संविधान दिवस

आज संविधान दिवस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी गर्दै तत्कालीन राष्ट्रपति डा.रामवरण यादव,साथमा तल्तकलिन समामुख सुवसचन्द्र नेमवाङनेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।विसं २०७२ असोज ३ गते...
देशका धेरै ठाउँमा गएराति वर्षा : यसवर्षको मनसुन बाहिरिन थप समय लाग्न सक्ने

देशका धेरै ठाउँमा गएराति वर्षा : यसवर्षको मनसुन बाहिरिन थप समय लाग्न सक्ने

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ – देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि मौसम बदली नै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँ तथा बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराइ भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यो वर्षको मनसुन बाहिरिन थप समय लाग्न सक्ने देखिएको छ । भारतमा औसतको तुलनामा झण्डै दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ । नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो । यसपाली १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसु...
आज संविधान दिवस मनाईदै ,

आज संविधान दिवस मनाईदै ,

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउने तयारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको थियो । तर ७४ जनाको ज्यान जाने गरी जेनजी युवा आन्दोलनले राजनीतिक उथलउपुथलपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएको हो । विसं २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थ...