आज संविधान दिवस


काठमाडौँ

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।
संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी गर्दै तत्कालीन राष्ट्रपति डा.रामवरण यादव,साथमा तल्तकलिन समामुख सुवसचन्द्र नेमवाङ
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...