जेनजी आन्दोलनबाट हालसम्म २० अर्ब ७० करोड बराबरको बिमा दावी


काठमाडौं
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म करिब २० अर्ब ७० करोड रुपैयाँ बराबरको बिमा दावी भएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार देशभरका १८ निर्जीवन बिमा कम्पनीमा एक हजार ९८४ वटा दावी दर्ता भएका छन्।
सबैभन्दा बढी दावी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा ४० वटा दावी दर्ता भई रु ५ अर्ब १४ करोड ७९ लाख बराबरको दाबी गरिएको छ। त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ दावी दर्ता भई रु ४ अर्ब ९३ करोड बराबरको दावी भएको छ।
शिखर इन्स्योरेन्समा ३६६ दावी दर्ता भई रु २ अर्ब ३९ करोड बराबर, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा २४ दावी भई रु १ अर्ब ५९ करोड बराबर, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ दावी भई रु १ अर्ब ४७ करोड बराबर र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ दावी भई रु १ अर्ब १५ करोड बराबरको दावी भएको प्राधिकरणले जनाएको छ।

यस्तै, नेको इन्स्योरेन्समा ४० दावी (रु १ अर्ब ९ करोड), सानिमा जिआईसीमा १२९ दावी (रु ७८ करोड ९३ लाख), राष्ट्रिय बिमा कम्पनीमा १७२ दावी (रु ४९ करोड ५१ लाख), युनाइटेड अजोड इन्स्योरेन्समा १७० दावी (रु ४८ करोड ७४ लाख), नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ दावी (रु ४६ करोड ९४ लाख) दर्ता भएका छन्।

अन्य कम्पनीमध्ये एनएलजी इन्स्योरेन्समा १५१ दावी (रु ३८ करोड ५८ लाख), प्रभु इन्स्योरेन्समा ६९ दावी (रु १९ करोड १८ लाख), नेशनल इन्स्योरेन्स कम्पनीमा १९ दावी (रु ६ करोड ८२ लाख), प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ दावी (रु १ करोड १३ लाख), स्टार माइक्रो इन्स्योरेन्समा छ दावी (रु ६७ लाख), नेपाल माइक्रो इन्स्योरेन्समा १५ दावी (रु ५६ लाख) र ट्रस्ट माइक्रो इन्स्योरेन्समा आठ दावी (रु ४२ लाख) दर्ता भएका छन्।

नेपाल निर्जीवन बिमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र टुङ्ग्याउने प्रतिवद्धता जनाएको छ। संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात चाँडै बुझाई दावी प्रक्रिया सहज बनाउन अपिल गरेका छन्।

संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै, राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग–व्यवसाय र यातायातमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बीमा कम्पनीलाई दावी भुक्तानीलाई प्राथमिकतामा राख्न आह्वान गरेको छ।

विसं २०७२ को भूकम्प र कोभिड–१९ महामारीपछिका अनुभवले बिमाको आवश्यकता झनै स्पष्ट भएको संघको भनाइ छ। हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक देखिएको संघले जनाएको छ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...