जेनजीलाई सम्झिँदै राष्ट्रपति पौडेल : म पनि १७ वर्षमै राजनीतिमा होमिएको थिएँ


काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीलाई सम्झँदै आफू पनि १७ वर्षमै राजनीतिमा होमिएको स्मरण गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, “हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो बन्छ भन्ने दृढ विश्वास छ । म पनि २०१७ सालमा १७ वर्षको उमेरमै प्रजातन्त्रका लागि राजनीतिमा लागेको थिएँ ।”

राष्ट्रपति पौडेलले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गर्दै हालको अप्ठ्यारो परिस्थितिबाट बाहिरिन सबै दल एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले भने, “भदौ २४ पछि उत्पन्न राजनीतिक रिक्तता र अप्ठ्यारो परिस्थितिलाई सम्हाल्ने जिम्मेवारी मेरो काँधमा आएको छ । तर, सबैको सुझबुझ र सहयोगका कारण हामीले यो असहज अवस्थालाई सम्हाल्न सफल भएका छौँ ।”

उनले लोकतन्त्र र संविधानको भावना अनुरूप काम गर्न सबै राजनीतिक पक्षलाई आग्रह गरे । चियापान समारोहमा विभिन्न दलका शीर्ष नेतासहित जेनजी आन्दोलनका प्रतिनिधिहरू पनि सहभागी थिए ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...