भाटभटेनीका १० हजार कर्मचारी, सवैको जागिर शुनिश्चित


बुटवल
जेनजी प्रदर्शनका क्रममा भएको नोक्सानीका कारण भाटभटेनीका be १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्।

सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ।

भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्।

अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो।

भदौ २४ गतेको प्रदर्शनको क्रममा केन्द्रीय कार्यालयसहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको थियो।

नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन। यसमध्ये अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ भने १२ वटा अहिलेलाई बन्द छन्।
भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएको जानकारी गराएका छन्।

हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको भाटभटेनीले जनाएको छ।

कम्पनीका अनुसार भाटभटेनी सुपरस्टोरले वार्षिक ३७ अर्ब रुपैयाँ बराबरको व्यापार गर्ने गरेको छ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...