कांग्रेस इतरले मंसिरमा खुलामञ्चमा महाधिवेशन गर्ने



काठमाडौं
नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले महाधिवेशनका लागि काठमाडौंका तीन स्थान तय गरिएको जानकारी दिए ।
उनका अनुसार, महाधिवेशन खुलामञ्चमा हुनेछ भने भृकुटीमण्डपको बगैँचा क्षेत्रमा खानाको व्यवस्था गरिनेछ ।
त्यस्तै, मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने भएको छ । “खुलामञ्चमा हामीले महाधिवेशन गर्ने भयौँ । भृकुटीमण्डपको बगैँचा भएको स्थानमा खानाको व्यवस्था मिलाइनेछ । राष्ट्रियसभा गृहमा मतदानस्थल राखिन्छ,” कार्कीले भने ।
आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने इतर पक्षको दाबी छ ।

महाधिवेशनस्थलको टुंगो लगाएको इतर पक्षले भावी नेतृत्वबारे भने अझै टुंग्याउन सकेको छैन । सभापतिका आकांक्षीहरूबीच सहमति जुट्न नसक्दा कसलाई उमेदवार बनाउने भन्ने विषय अनिर्णीत छ ।

छुटाउनुभयो कि ?

पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री तिमिल्सिना

पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौंसूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसब...
कांग्रेस इतरले मंसिरमा खुलामञ्चमा महाधिवेशन गर्ने

कांग्रेस इतरले मंसिरमा खुलामञ्चमा महाधिवेशन गर्ने

काठमाडौंनेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित

गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित

काठमाडौंगृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)लाई निलम्बन गरेको छ । मन्त्रालयले शुक्...
सडक दुर्घटनामा रुपन्देहीका पत्रकार पोखरेलको निधन

सडक दुर्घटनामा रुपन्देहीका पत्रकार पोखरेलको निधन

बुटवलनवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु ...