समाचार

राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको छ ।राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट हुने भुक्तानीको सीमा घटाएको हो ।जस अनुसार बा डेबिट कार्डबाट प्रतिकरोबार २० हजारसम्म कारोबार गर्न सकिने छ भने प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख तोकिएको छ ।यसअघि डेबिट कार्डबाट प्रतिकरोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ४ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो । ...
सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देहीसशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।ढकाललाई कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट कर छली गरेर सामान ल्याउन सहजीकरण गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।उनका अनुसार खत्रीलाई १५ हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरूले आपसमी मिलेमतोमा तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरयसी सामान ल्याउन सहजीकरण गरिदिने गरेको अनुसन्धानमा खुलेको छ। उनीहरूले सेवाग्राहीलाई सहजीकरण ग...
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता, सुपर सिक्समा २ अंक लियो

टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता, सुपर सिक्समा २ अंक लियो

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर-६ मा पुगेको हो ।जापानले दिएको १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे । ...
प्रधानमन्त्री कार्कीको सन्देश : जेनजी पुस्ताले गरेको क्रान्ति सबैले स्वीकार गर्नुपर्छ

प्रधानमन्त्री कार्कीको सन्देश : जेनजी पुस्ताले गरेको क्रान्ति सबैले स्वीकार गर्नुपर्छ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छन् ।जेनजी आन्दोलन एक महिना पुगेको अवसरमा बिहीबार राति भिडिओ सन्देश जारी गर्दै उनले जेनजीको आवाज र भावना विगतका सरकारहरुले सुन्न नसकेको र त्यो कमजोरी विनम्रतासाथ स्वीकार्नुपर्ने बताइन् ।सम्बोधनका क्रममा उनले सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारेकी छन्। ‘युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीको भनाइ छ, ‘एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्कट प्रेम छ। उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु। विगतका सरकारहरुले युवाहरुको आवाज सुन्न सकेन। उनीहरुको माग सम्बोधन गर्न सकेन। यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ।’ सम्बोधनमा उनले संयम राख्न र ...
राष्ट्रपतिले बोलाए राजनीतिक दलहरूलाई संवादमा

राष्ट्रपतिले बोलाए राजनीतिक दलहरूलाई संवादमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौराष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई संवादका लागि बोलाएका छन्। शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलहरूसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ। जेन-जी आन्दोलनबाट निर्वाचित सरकार विघटन भई गत भदौ २७ गते कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको र आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएसंगै राष्ट्रपतिले पहिलो पटक अन्तरिम सरकारका प्रधानमन्त्रीसहित दलका नेताहरूलाई संवादका लागि बोलाएका हुन्। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ। तर, निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दलहरूसँग संवाद अगाडि नबढाएपछि राष्ट्रपतिले संवाद गर्न लागेका हुन्। बिहीबार प्रधानमन्त्री कार्की र मन्त्रीहरूसँगको भेटपछि दलह...
जेनजी वार्ता टोलीले राष्ट्रपतिलाई बुझायो ८ बुँदे माग

जेनजी वार्ता टोलीले राष्ट्रपतिलाई बुझायो ८ बुँदे माग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं जेनजी युवा प्रतिनिधिहरुले गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहभागीहरुलाई अभियोजन नगर्ने गरी सुरक्षा प्रदान गर्नुपर्ने लगायतका माग राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन् । उनीहरुले आन्दोलनकारीको सुरक्षासमेत माग गरेका छन् । वार्ता टोलीका सदस्य प्रवेश दाहालका अनुसार राष्ट्रपति पौडेललाई २२ असोजमा भेटेर प्रस्तावित सम्झौतापत्रमार्फत् आठ बुँदे माग बुझाइएको हो । त्यसको दोस्रो बुँदामा लेखिएको छ, ‘जेनजीको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी आन्दोलनकर्तालाई अभियोजन नगर्ने गरी उचित सुरक्षा प्रदान गर्ने, राज्यका निकाय र राजनीतिक दलहरुद्वारा गरिएका र गराइएका तथा हुनसक्ने आक्रमणहरुबाट यथाशक्य सुरक्षा प्रदान गर्ने ।’जेनजी युवाहरुले हालसम्म सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्तिको छानबिन गरी अभियोजन गर्ने र त्यस्तो सम्पत्ति राष्ट्रियकरण गर्ने प्रस्ताव समेत राखेका छन् ।निजामती क...
नेपालले गर्यो इजरायल र हमासबीच भएको सम्झौताको स्वागत

नेपालले गर्यो इजरायल र हमासबीच भएको सम्झौताको स्वागत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालले अमेरिकाका राष्ट्रपतिले प्रस्ताव गरेको ‘मध्य पूर्व शान्ति योजना’ को पहिलो चरण कार्यान्वयन गर्न इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको छ ।परराष्ट्र मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको हो ।मन्त्रालयले ७ अक्टोबर २०२३ देखि हमासद्वारा हिरासतमा रहेका नेपाली नागरिक बिपिन जोशी लगायत सबै बन्धकहरूको तत्काल रिहाइको लागि आह्वान समेत गरेको छ । मन्त्रालयले भनेको छ- हामी सम्बन्धित सबै पक्षहरूलाई योजनालाई यसको वास्तविक भावनामा कार्यान्वयन गर्न, गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न र क्षेत्र र बाहिर दिगो शान्तिको मार्ग प्रशस्त गर्न आग्रह गर्दछौं ।’ साथै नेपालले बहुप्रतिक्षित सम्झौता सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेकोमा अमेरिका, कतार, इजिप्ट र टर्किएको प्रशंसा गरेको छ । ...
स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, यी दुई प्रदेशमा वर्षाको सम्भावना

स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, यी दुई प्रदेशमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । ...
गुल्मी जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाई, तीन पटक म्याद थपियो

गुल्मी जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाई, तीन पटक म्याद थपियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
गुल्मी नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । विसं २०७७ मा सदरमुकाम तम्घासमा ५० शैय्याको नयाँ भवन निर्माण सुरु गरिएको थियो । पुरानो भवनमा साँघुरो गल्ली र साना कोठा मात्र छन् । छ वटा मात्रै बहिरङ्ग कक्ष छन् । ‘भिडियो एक्सरे’ र शल्यक्रिया गर्ने ठाउँमा पानी चुहिन्छ । पानी चुहिँदा विद्युत् सट हुने गरेको छ । पुरानो टिनको छानाबाट सेवा दिनुपर्दा सेवा दिने र लिने दुवैलाई कठिनाइ भएको छ ।नयाँ भवन नबन्दा ‘आइसियू’ समेत सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका चिकित्सक विभव बस्यालले गुनासो गरे । “एउटै कक्षमा दुई÷तीनजना डाक्टर बसेर सेवा दिनुपर्ने अवस्था छ”, उनले भने, “पुरानो भवनबाट सेवा दिन निकै अप्ठ्यारो छ ।” डाक्टर बस्यालले हाल दैनिक चार सय सम्म बिरामी उपचारका लागि आउने गरेको बताए ।भवन निर्माणमा ढिलाइ भएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला ...
गृहमन्त्रालयमा २ घण्टा छलफल : नेताका अभिव्यक्ति र काउन्टर जाहेरीले बढाएको सुरक्षा जोखिमको विश्लेषण

गृहमन्त्रालयमा २ घण्टा छलफल : नेताका अभिव्यक्ति र काउन्टर जाहेरीले बढाएको सुरक्षा जोखिमको विश्लेषण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं काठमाडौंमा भएको प्रदर्शन र बढ्दो सुरक्षा चुनौतीबारे सिंहदरबारस्थित गृहमन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रमुख सुरक्षा निकायका नेतृत्वसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए । गृहमन्त्रालय स्रोतका अनुसार छलफल मुख्यतः माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा हुने भनिएको प्रदर्शन, त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, केही नेताहरूको अभिव्यक्ति, देशभर जाहेरी दिने अभियान, र त्यससँग सम्बन्धित सुरक्षा संवेदनशीलतामा केन्द्रित थियो । गृहमन्त्री अर्यालले सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग करीब दुई घण्टा ब्रिफिङ लिएका थिए । सो क्रममा उनीहरूले बढ्द...