प्रधानमन्त्री कार्कीको सन्देश : जेनजी पुस्ताले गरेको क्रान्ति सबैले स्वीकार गर्नुपर्छ


काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छन् ।
जेनजी आन्दोलन एक महिना पुगेको अवसरमा बिहीबार राति भिडिओ सन्देश जारी गर्दै उनले जेनजीको आवाज र भावना विगतका सरकारहरुले सुन्न नसकेको र त्यो कमजोरी विनम्रतासाथ स्वीकार्नुपर्ने बताइन् ।
सम्बोधनका क्रममा उनले सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारेकी छन्।

‘युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीको भनाइ छ, ‘एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्कट प्रेम छ। उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु। विगतका सरकारहरुले युवाहरुको आवाज सुन्न सकेन। उनीहरुको माग सम्बोधन गर्न सकेन। यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ।’

सम्बोधनमा उनले संयम राख्न र हिंसाको चक्र रोक्न पनि सबैसँग आग्रह गरेकी छन्।

‘संयम राख्न र हिंसाको चक्र रोक्न आग्रह गर्न चाहन्छु। यो दुखद घटनालाई नयाँ नेपाल बनाउन हामीलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ’ उनले भनिन्, ‘मलाई आशा छ यो नयाँ सरकार र निर्वाचन पश्चात आउने दुवै सरकारले युवाहरूको सपना साकार पार्न समृद्ध नेपाल बनाउन ठोस कदम चाल्नेछन्।’

उनले युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीब्र चाहना छ, देशमा न्याय र विधिको शासनको अपेक्षा छ। देशमा भ्रष्टाचार र बेथिती उन्मुलन भएको हेर्ने चाहना छ भन्दै यो सरकार र निर्वाचन पछिका सरकारले पनि त्यो चाहना पूरा गर्ने विश्वास गरिन्।

उनले जेनजी पुस्तालाई राज्य सञ्चालनमा अर्थपूर्ण सहभागिता गराउन विभिन्न संयन्त्र निर्माण गर्ने प्रतिवद्धता पनि जनाइन्।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...