नेपालले गर्यो इजरायल र हमासबीच भएको सम्झौताको स्वागत


काठमाडौँ
नेपालले अमेरिकाका राष्ट्रपतिले प्रस्ताव गरेको ‘मध्य पूर्व शान्ति योजना’ को पहिलो चरण कार्यान्वयन गर्न इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको हो ।
मन्त्रालयले ७ अक्टोबर २०२३ देखि हमासद्वारा हिरासतमा रहेका नेपाली नागरिक बिपिन जोशी लगायत सबै बन्धकहरूको तत्काल रिहाइको लागि आह्वान समेत गरेको छ ।

मन्त्रालयले भनेको छ- हामी सम्बन्धित सबै पक्षहरूलाई योजनालाई यसको वास्तविक भावनामा कार्यान्वयन गर्न, गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न र क्षेत्र र बाहिर दिगो शान्तिको मार्ग प्रशस्त गर्न आग्रह गर्दछौं ।’

साथै नेपालले बहुप्रतिक्षित सम्झौता सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेकोमा अमेरिका, कतार, इजिप्ट र टर्किएको प्रशंसा गरेको छ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...