राष्ट्रपतिले बोलाए राजनीतिक दलहरूलाई संवादमा


काठमाडौ
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई संवादका लागि बोलाएका छन्।

शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलहरूसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

जेन-जी आन्दोलनबाट निर्वाचित सरकार विघटन भई गत भदौ २७ गते कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको र आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएसंगै राष्ट्रपतिले पहिलो पटक अन्तरिम सरकारका प्रधानमन्त्रीसहित दलका नेताहरूलाई संवादका लागि बोलाएका हुन्।

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ। तर, निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दलहरूसँग संवाद अगाडि नबढाएपछि राष्ट्रपतिले संवाद गर्न लागेका हुन्।

बिहीबार प्रधानमन्त्री कार्की र मन्त्रीहरूसँगको भेटपछि दलहरूसँग छलफल गर्ने निष्कर्षमा राष्ट्रपति पौडेल पुगेको उनी निकट स्रोतले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...