समाचार

सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेन

सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं घाइते जेनजीहरू आइतबार दिउँसो एक बजे सिंहदरबार छिर्ने तरखरमा थिए । करिब २५ जनाको समूह भित्र जाने पास कुर्दै थियो । कतिपय भने अगाडि नै नाम आएकाले छिर्न भ्याइहाले । कतिपय बाहिर अड्किए । केही सदस्य त्यहीँ थपिँदै थिए । सिंहदरबार गेटमा भेटिएका थिए- अम्बादत्त भट्ट । बैतडीका उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका रहेछन् । उनकाअनुसार बानेश्वरमा भदौ २३ गते राज्यतर्फबाट चलेको गोलीको घाइतेको लागि आवश्यक रगत उपलब्ध गराउने क्रममा उनी घाइते बने। ‘त्यो दिन जताजतै रगत अभाव भइरहेको भन्ने सुनेँ । अनि बानेश्वरमा संकलन भइरहेको रहेछ। त्यहीबेला रगत दिन लाग्दा ममाथि लाठ्ठीचार्ज भयो । टाउको फुट्यो,’ उनले भने ।आन्दोलनका यी घाइते आइतबार दिउँसो सिंहदरबार गेटमै भेटिए । उनीसँगै अन्य पाँचजना सदस्य पनि थिए । एकजना बोलेपछि अरु नबोल्ने भन्दै पन्छिए । भट्टले नै ती पाँचजनाको प्रतिनिधित्व गर्दै...
संसद विघटनविरुद्ध सर्वोच्चमा थप ५ वटा रिट दर्ता

संसद विघटनविरुद्ध सर्वोच्चमा थप ५ वटा रिट दर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतमा थप पाँच वटा रिट निवेदन दर्ता भएका छन् ।सर्वोच्च अदालत प्रशासनले ती सबै निवेदनहरू संवैधानिक इजलासमा सुनुवाइ हुने गरी दर्ता गरेको जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यसअघि दर्ता भएका ११ वटा र आइतबार थपिएका पाँच वटा गरी अब कुल १६ वटा रिट निवेदन संवैधानिक इजलासमा एकैसाथ पेश हुनेछन् ।प्रधानमन्त्रीको नियुक्ति संविधानको कुनै धारा उल्लेख नगरी गरिएको भन्दै रिट निवेदकले त्यसलाई असंवैधानिक दाबी गरेका छन् । संविधानको धारा ७६ अनुसार मात्र तीन प्रकारका व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि त्यस बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाइएको आरोप लगाइएको छ । यससँगै, देशको प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई संविधानले स्पष्ट रूपमा ...
सुनको मुल्य घट्यो, तोलामा ४ हजार ८ सय

सुनको मुल्य घट्यो, तोलामा ४ हजार ८ सय

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंनेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ४ हजार ८सयले घटेर तोलाको २ लाख ५३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ५८ हजारमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ३ हजार२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३ हजार३ सय ५० मा कारोबार भएको थियो । ...
आन्दोलन पश्चात् जाँचबुझ आयोगमा अहिलेसम्म दर्जन उजुरी : तत्कालीन प्रधानमन्त्रीदेखि फिल्ड कमान्डरसम्मलाई कारबाहीको माग

आन्दोलन पश्चात् जाँचबुझ आयोगमा अहिलेसम्म दर्जन उजुरी : तत्कालीन प्रधानमन्त्रीदेखि फिल्ड कमान्डरसम्मलाई कारबाहीको माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ२३ र २४ भदौका घटना जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित आयोगमा एक दर्जन उजुरी दर्ता भएका छन् । आयोगका अनुसार निजी क्षेत्रका दुई कम्पनीले क्षतिको विवरणसहित उजुरी दर्ता गराएका छन् ।बाँकी व्यक्तिगत रूपमा दर्ता भएका उजुरी छन् । त्यस्तै आयोगमा क्षतिको विवरण आउनेक्रम जारी छ । जेन–जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको घटनामा अधिकांश उजुरी पीडित प्रहरी र सर्वसाधारणका तर्फबाट दर्ता भएका छन् । दुई उजुरी घाइतेका परिवारले दर्ता गराएका छन् । पीडित परिवारले दर्ता गराएको उजुरीमा २३ भदौमा राज्यको दमनका कारण धेरैले ज्यान गुमाएको उल्लेख गरेका छन् । जसमा भ्रष्टाचारको विरोधमा उत्रेका कलिला बालबालिकामाथि राज्यले बर्बरतापूर्वक दमन गरेको उजुरी छ । ‘२३ भदौको जेन–जीहरूको आन्दोलन विशुद्ध सरकारले बन्द गरेको सामाजिक सञ्जाल अनि देशमा व्याप्त भ्रष्टाचारविरुद्ध ...
यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

Breaking news 3, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौंप्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको चाड यमपञ्चक सुरु भएको छ ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज आइतबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चक अन्तर्गत काग तिहार परेको छ । समितिले यमदीपदान पनि आजै शुरु हुने जानकारी दिएको छ ।कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू भएको छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका...
तिहारमा कस्तो रहला मौसम ?

तिहारमा कस्तो रहला मौसम ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंनेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ ।तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।यस्तै कात्तिक ४ गते देशका पहाडी भूभागमा आंश...
जेन्जी आन्दोलन र त्यसपछिको नजरिया

जेन्जी आन्दोलन र त्यसपछिको नजरिया

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
सुजन ज्ञवाली १३ देखि २८ बर्ष उमेरका तातो रगत भरिएका जेन्जी युवापुस्ताले आन्दोलन को घोषणा गरे।जुन एजेन्डा उठाएर सडकमा आउने उद्घोष गरे त्यो निकै नै महत्त्वपूर्ण र अर्थपूर्ण माग थिए।बिडम्बना त्यो आन्दोलन उनिहरुले सोचे जस्तो भएन र एउटा नरसंहार मा परिणत भयो।।उक्त आन्दोलनमा ज्यान आहुती दिने सम्पुर्णमा हार्दीक श्रद्धाञ्जली। त्यो आन्दोलन को जुन मर्म थियो र जुन उदेश्य थियो त्यसको बिपरित अर्को दिन एउटा विध्वंस देखा पर्यो।तर कतै पनि जेन्जी पुस्ताका युवाहरु त्यसमा देखिएनन।बरु त्यसमा बिघटित प्रतिनिधि सभाका सदस्य,र पाका उमेर समूह र साना बालबालिका को प्रयोग देखियो।जसको सहभागिताले देशलाइ खरानी बनाउने काम भयो।त्यो दुबै दिनको छानबिन निष्पक्ष हुन जरुरी छ र खरानिलाई उडाउने होइन त्यसमा माटो मिसाएर बीउ रोप्ने काम गरौ।खरानी उडाए केही बाकी रहदैन तर माटो मिसाए उत्पादन गर्न सकिन्छ।अब खुसी रोपौ।जनताका आ...
तीन दिने ‘डिजिटल क्षितिज ‘डिजिटल शिक्षा शिविर सम्पन्न

तीन दिने ‘डिजिटल क्षितिज ‘डिजिटल शिक्षा शिविर सम्पन्न

ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवल कलिका आईसीटी क्लब, इन्टर्याक्ट क्लब अफ बुटवल, इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवल, इन्टर्याक्ट क्लब अफ वाल्मिकी तथा लियो क्लब अफ अल्फा कलिकाको संयुक्त आयोजनामा तीन दिने डिजिटल क्षितिज’ डिजिटल शिक्षा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर असोज २९, ३० र ३१ गते स्याङ्जाको गिँचौर एकेडेमी र पाल्पाको सनराइज एकेडेमीमा सम्पन्न गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई डिजिटल साक्षरता, इन्टरनेटको सुरक्षित प्रयोग, कम्प्युटरका आधारभूत सीप, तथा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। कलिका आईसीटी क्लबका अध्यक्ष सिद्धान्त पन्थीका अनुसार, यो कार्यक्रम क्लबको वार्षिक अध्यक्षीय कार्ययोजना प्रिसिडेण्टल प्लान एक्सन अन्तर्गतको पहिलो चरण हो। उनले आगामी दिनमा फरक–फरक स्थानहरूमा गएर नयाँ–नयाँ विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा प्रदान गर्ने योजना ...
प्रधानसेनापति र दुवै आईजीपीलाई राष्ट्रपतिको निर्देशन: निर्वाचन गराउन ‘बोल्ड्ली’ प्रस्तुत हुनुहोस्

प्रधानसेनापति र दुवै आईजीपीलाई राष्ट्रपतिको निर्देशन: निर्वाचन गराउन ‘बोल्ड्ली’ प्रस्तुत हुनुहोस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसमेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले त्यस्तो निर्देशन दिएका हुन्। उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूलाई ‘बोल्ड्ली’ रूपमा प्रस्तुत हुन पनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गरे। अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन स...
नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ : अध्यक्ष ओली

नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ : अध्यक्ष ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला नेपो बेबी भनेर नेता र व्यवसायीका छोराछोरीमाथि आक्रमण भएको बताएका छन्। शनिबार एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा उनले त्यसले कलिला मनमाथि असर गरेको समेत उल्लेख गरे। ‘यो सम्भय समाज हो कि असभ्यहरूको भिड हो?,’ ओलीले भने, ‘एउटाको प्रश्न होइन। नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ। राम्रोसँग पढ्दैन। विद्यालय जान छोड्छ मलाई नेपो बेबी भनेर पिट्छन कि भनेर।’पूर्व मिस नेपाल शृखला खतिवडातर्फ लक्षित गर्दै उनी कुनै धनी बाउ-आमाकी छोरी नभएको उनले बताए। ‘माया गरेर हुर्काए, नेपो बेबी। एउटी राम्रै अनुहार लिएर, राम्रै पढेकी, कुनै अमिर बाबु आमाकी छोरी होइनन्,’ ओलीले भने, ‘उनका लागि अप्रत्यासित भयो।’ ...