जेन्जी आन्दोलन र त्यसपछिको नजरिया


सुजन ज्ञवाली

१३ देखि २८ बर्ष उमेरका तातो रगत भरिएका जेन्जी युवापुस्ताले आन्दोलन को घोषणा गरे।जुन एजेन्डा उठाएर सडकमा आउने उद्घोष गरे त्यो निकै नै महत्त्वपूर्ण र अर्थपूर्ण माग थिए।बिडम्बना त्यो आन्दोलन उनिहरुले सोचे जस्तो भएन र एउटा नरसंहार मा परिणत भयो।।उक्त आन्दोलनमा ज्यान आहुती दिने सम्पुर्णमा हार्दीक श्रद्धाञ्जली।


त्यो आन्दोलन को जुन मर्म थियो र जुन उदेश्य थियो त्यसको बिपरित अर्को दिन एउटा विध्वंस देखा पर्यो।तर कतै पनि जेन्जी पुस्ताका युवाहरु त्यसमा देखिएनन।बरु त्यसमा बिघटित प्रतिनिधि सभाका सदस्य,र पाका उमेर समूह र साना बालबालिका को प्रयोग देखियो।जसको सहभागिताले देशलाइ खरानी बनाउने काम भयो।त्यो दुबै दिनको छानबिन निष्पक्ष हुन जरुरी छ र खरानिलाई उडाउने होइन त्यसमा माटो मिसाएर बीउ रोप्ने काम गरौ।खरानी उडाए केही बाकी रहदैन तर माटो मिसाए उत्पादन गर्न सकिन्छ।अब खुसी रोपौ।जनताका आसा रोपौ।जनताका भरोसा रोपौ।तर त्यतिकै खरानी उड्न नदिउ।
त्यो क्रान्तिको बलमा पूर्वप्रधानन्यायाधीश शुशिला कार्की को नेतृत्वमा सरकार त बन्यो तर बिवादित पात्रको समाबेशिताले आम जनमानसमा कैयौ प्रश्न उब्जाएको छ।तर जनतामा आस पनि छ कि कतै यो सरकारले जनताको जिवनस्तरमा परिबर्तन ल्याउन सक्ने कुनै कार्य गर्छ कि,कतै २०४६ पछि सार्बजनिक पदमा बसेका ब्यक्तिहरुको सम्पत्ति निष्पक्ष छानबिन गर्छ कि,जेन्जीले उठाएको सुसासन को मुद्दालाइ बोकेर अघि बढ्छ कि,युवाहरुको हरेक क्षेत्रमा सहभागितालाइ बढावा दिन्छ कि।यस्ता आशालाइ पहिलो गासमै ढुङ्गा भने जस्तै भयो जब सरकार बन्यो कतै युवा प्रतिनिधित्व देखिएन।बरु युवा त परिचालित जस्तै देखिए।जेन्जीको नाममा सरकारमा मन्त्री बनाउने र कर्मचारी थर्काउने काममा पो प्रयोग हुन थाले।३ करोड रहेको नेपालको जनसंख्याको मन्त्रीमण्डलको बिस्तार त मात्र केही ब्यक्तिको निर्णयमा सिमित देखियो।जुन आम नेपाली जनताको प्रतिनिधित्व हुनै सक्दैन।
जेन्जी आन्दोलन पछि मैले देखेको केही परिदृश्य:

१.आन्दोलन गर्दा सम्म बर्तमान संसद बिघटनको कुनै आवाज थिएन तर एकाएक त्यसलाइ बिघटनको मुद्दा  बनाइयो।तर जुन एजेन्डा थिए मेरिट को आधारमा पद र प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री त्यो त्यही संसद बाट गर्नु पर्ने होइन र?
मेरिट को आधारमा पद भन्ने मुद्दा तब मात्र सफल हुनेछ जब नेपालमा कोटा प्रणाली खारेज गरिनेछ।आज नेपालका प्राय उत्कृष्ट युवा बिदेशिन बाध्य छन।कारण एउटा ब्राह्मण,क्षेत्रीको छोराले उत्कृष्ट हुदाहुँदै पनि अबसर बाट बन्चित हुनु परेको छ तर आरक्षणको नाममा अरुले उक्त अबसर पाएका छन। जब सम्म यो अन्त्य हुदैन तब सम्म नेपालमा बिदेश पलायन रोकि दक्ष जनशक्ती देशभित्रै परिचालन गर्न असम्भव जस्तै देखिन्छ।
तर के यो अब सम्भब छ?कुनै राजनितिक दलले मुद्दा नै बनाएर उठान गरेको आरक्षण प्रणालीको अन्त्यको लागि के अब उसले समर्थन जनाउला?केही समय पहिले बाङ्लादेशमा जसरी आन्दोलन चर्कियो कारण नै आरक्षण थियो र आन्दोलनले नै उक्त कोटा प्रणाली खारेज गरेको छ।के नेपालमा यो सम्भब छ?

२.क्रान्तिको भरमा सरकार बनेको छ।यो सरकारमा जेन्जिको प्रतिनिधित्व हुनुपर्ने होइन र?यदि साच्चै जेन्जिले उठाएको बिषयमा अगाडि बढ्ने हो भने उनिहरुको सहभागिता खोइ?कि मात्र सरकार बनाउने र पात्र छान्ने मतियार बनेका हुन।आज ज्यानको आहुती दिने ती कलिला भाइबहिको माग यहि थियो?होइन भने ती आत्माले धिक्कार्नेछ।

३.आज सरकार बनेको एक महिना पूरा भएर यता आएको छ।यो सरकारले त भाद्र २३/२४ गतेको घटनाको निष्पक्ष छानबिन गर्ने होइन र?तर आज सम्म कतै पनि छानबिनको कुरा आएको छैन।बर्तमान गृहमन्त्रीले मात्र तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीको कारबाही को कुरा बडो जोडतोडले उठाउनु भएको छ।तर कतै पनि आन्दोलनमा भएको घटनाको छानबिनको कुरा उठाउनु भएको छैन।केपि शर्मा ओलि र रमेश लेखक सङ को ब्यक्तिगत रिसिबी जस्तै उहाँहरु माथी मात्र मन्त्रीजिको नजर परेको देखिन्छ।

४.सरकारका बर्तमान गृहमन्त्री र प्रधानमन्त्री पनि पदमा बसिसकेपछी उस्तै बोली बोलिरहनु भएको छ जुन पहिले का प्रधानमन्त्री माथी आरोप लाग्ने गरेको थियो।केपि शर्मा ओलि घमन्डी र दम्भ बढी भएको भन्ने आरोप सुनिदै गर्दा अहिले सुनिएका आवाजले पनि त्यस्तै महसुस गराउदैन र?

५.बर्तमान सरकारको काम निर्वाचन गराउनु हो।तर निर्वाचन गराउन सबै भन्दा पहिले त उपयुक्त बाताबरण बनाउनु पर्ने होइन र?खोइ यो सरकारले आन्दोलनमा भागेका कैदिहरुलाई पुन जेल ल्याउने काम गरेको।सबै कैदीबन्दिको रेकर्ड त सुरक्षित नै हुने गर्दछ तर यो सरकारले त्यसमा चासो दिएको छैन।चाहाने हो भने ती कैदीलाई सरकारले केही दिनमै गिरफ्तार गर्न सक्छ तर सरकारको ध्यान त्यता तिर छैन।जब सम्म यसरी भागेका कैदिलाइ पुन गिरफ्तार गरिदैन र आन्दोलनका क्रममा खोसिएका हातहतियार प्रहरिको नियन्त्रणमा आउदैन तब सम्म चुनाबको बाताबरण बन्नेछैन।

६.अहिलेको अबस्था हेर्दा जेन्जीनै को हुन भन्ने अनुमान लगाउन पनि सकिँदैन।जेन्जिका आफ्नै समूह छन,तिनका आ-आफ्नै एजेन्डा छन,ब्यक्तिगत समूह बनाएका छन।तर वास्तविक को हो भन्ने नै छैन।आज जेन्जी आपसमा बाडिएका छन र आफ्नै स्वार्थमा हराएको जस्तै देखिन्छ।यसरी फरक फरक समुहको जेन्जिले त्यो क्रान्तिमा ज्यान गुमाएका भाइबहिनिको चाहाना पूरा गर्न सक्दैन।आपसमा यसरी ब्यक्तिगत समूह बनाएर जाने हो भने आपसकै द्वन्द्वले यो समुहलाइ सिध्याउन सक्छ जसले गर्दा मृत आत्माले शान्ती पाउने छैन।तर साच्चिकै देशको माया छ र परिवर्तन चाहेको हो भने एउटै समूह बनाएर अघि बढे मात्र यो सम्भब हुनेछ।

७.आज जेन्जिको नाममा पार्टी कार्यकर्ता मैदानमा देखिए।पार्टिको झन्डा बोकेर राजनिती गर्ने नै उक्त आन्दोलनमा सहभागी भएर विध्वंस गर्न उद्दत भएको देखिएको छ।यदि जेन्जी समुहले साच्चै नै युवाको,विद्यार्थीको,आम जनताको मुद्दा उठाउन चाहाने हो भने पार्टी सदस्य भएको कसैलाइ पनि त्यो समुहमा सहभागी गराउनु हुदैन।बरु राजनितिक दलमा आबद्द जेन्जिले भातृ संगठन को रुपमा मुल पार्टिलाइ सचेत गराउने,झक्झकाउने काम गर्दा उपयुक्त हुनेछ।

यसरी सरसर्ती हेर्दा यो आन्दोलन जुन उदेश्यका लागि गरिएको थियो त्यो उदेश्य भन्दा बाहिर आजको अबस्था आएको छ।तर समय छ।सरकारले चुनाबको मिति तय गरिसकेको अबस्थामा सबै राजनितिक दललाइ साथमा लिएर ताजा जनादेशमा जानू उत्तम बिकल्प हुन सक्दछ।कुनै पनि राजनितिक दललाइ बाइपास गरेर निर्वाचनमा जान खोजियो भने यसले झन अप्ठ्यारो अबस्था ननिम्त्याउला भन्न सकिँदैन।बहुदलिय प्रतिस्पर्धा आजको आवश्यकता हो।सबै दलको सहभागिता नै उत्तम प्रजातान्त्रिक अभ्यास हो।सरकार हरेक पक्षलाई ध्यानमा राख्दै तोकेको मितिमा निर्वाचन गराउन सफल होस।
शुभकामना
जय देश

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...