चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव: तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने



बुटवल
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ ।
अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ ।
कोशी, मधेस र बागमती प्रदेशका अधिकांश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा तथा कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज राति देशभर बादल लाग्नेछ । हिमाली भेगका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सम्भावित वर्षाका कारण धानबाली भित्राउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।
वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।
साथै, महाशाखाले भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने जनाएको छ ।

छुटाउनुभयो कि ?

चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव: तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव: तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

बुटवलबङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान मह...
एनपीएल: लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदै

एनपीएल: लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदै

बुटवलनेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। ...
बुटवलको मिलनचोकमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा, मनोरञ्जनसंगै पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास

बुटवलको मिलनचोकमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा, मनोरञ्जनसंगै पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास

बुटवलबुटवलमा चार जना युवा व्यवसायीको संयुक्त लगानीमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आएको छ । बुटवलको ...
पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री तिमिल्सिना

पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौंसूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसब...