समाचार

माइतीघर कुनै एक पक्षको नभई सबैको आवाज उठाउने थलो हो – एमाले महासचिव पोखरेल

माइतीघर कुनै एक पक्षको नभई सबैको आवाज उठाउने थलो हो – एमाले महासचिव पोखरेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमान्डौ नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई एक पक्षीय रूपमा प्रयोग गरिएको आरोप लगाएका छन् । उनले जनआवाज अभिव्यक्त गर्ने, राज्यप्रति असन्तुष्टि प्रकट गर्ने र फरक मत राख्ने सबै नागरिकको साझा स्थानको रूपमा रहेको माइतीघर मण्डलालाई अब केही व्यक्तिहरूको स्वार्थमा सीमित पारिएको दाबी गरेका हुन् । उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाएको बताएका छन् ।उनले भनेका छन्, “माइतीघर मण्डला सबैको आवाज उठाउने थलो हो, कुनै एक पक्षका लागि मात्रै होइन । अन्यलाई त्यहाँ अभिव्यक्ति दिन नदिनु कानुनी सिद्धान्त र अभिव्यक्ति स्वतन्त्रताको उपहास हो ।” सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै महासचिव पोखरेलले माइतीघर मण्डलाको साझा पहिचानलाई राजनीतिक रूपमा विभाजित गर्न खोजिनु लो...
प्रदर्शनकारीलाई संयमित र जिम्मेवारीका साथ प्रस्तुत हुन गृहमन्त्री अर्यालको अनुरोध

प्रदर्शनकारीलाई संयमित र जिम्मेवारीका साथ प्रस्तुत हुन गृहमन्त्री अर्यालको अनुरोध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौ गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सबै पक्षलाई जिम्मेवार ढंगले प्रस्तुत हुन अनुरोध गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सम्भावित प्रदर्शनका सन्दर्भमा संयम र जिम्मेवारीका साथ व्यवहार गर्न सबैलाई आह्वान गरे ।उनले विभिन्न समूहहरूले प्रदर्शनका तयारी गरिरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सुरक्षा निकायले वर्तमान अवस्थाको सूक्ष्म विश्लेषण गरिसकेको बताए ।गृहमन्त्री अर्यालले भने, “सुरक्षा अवस्थाबारे हामीले विस्तृत समीक्षा गरेका छौं । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरिरहेका छन् भन्ने जानकारीहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार र संयमित ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक विषयहरूको समाधानका लागि सरकार संवादको ढोका खुला राखेको छ ।...
बुटवलमा नेपालकै पहिलो १३२ केभि नेशनल ग्रीडमा ३०मिटर अग्लो मोनोपोल जडान

बुटवलमा नेपालकै पहिलो १३२ केभि नेशनल ग्रीडमा ३०मिटर अग्लो मोनोपोल जडान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको कालिकापथमा सडकको विचभागमा रहेका पुर्व पश्चिम १३२ केभि हाइटेन्शन लाइनका सडकनै अवरोध गरेका विद्यूतीय पोल हटाई मोनो पोल जडान शुरु गरिएको छ। बुटवल क्षेत्रमा वि.सं. २०२२ सालमा सप्पन्न भएको उक्त विद्यूतीय प्रसारण तत्काल सोही क्षेत्रमा खेतको जमिन भएकोले पोलको एरियामा करिब ९ मीटर ब्यासको कम्पाउड भित्र २३ मिटर अग्लो फोल्डिङ टावर बनाईएको थियो । पछी तेही लाइनमा तल बाटो बन्यो बाटो पछी ५१ फिटमा बिस्तार हुदा सबै ठाउमा बाटो पुग्यो ।तर टावर भएको ठाउमा दुबै तर्फ १५-१७ फिट भन्दा बढी ठाउँ नहुदा यात्रा गर्न कठिन थियो। जसको कारण दुर्घटना हुने गरेको थियो । समस्या सामाधान गर्न निबर्तमान अर्थमन्त्री तथा यसै क्षेत्रको सभासद बिष्णु पौडेलले बजेट विनियोजन गरे।नपाल विद्युत प्राधिकरणले टेन्डर मार्फत काम गरि पहिले नै मोनो पोल ल्याई फाउन्डेसन तयार गरि राखिएको थियो । जुन आज बाट राख्न शुरु गरिएको...
चुनावलाई चाहिने ४ सय सवारी साधन उपलब्ध गराउन चीन र भारत दुवै तयार

चुनावलाई चाहिने ४ सय सवारी साधन उपलब्ध गराउन चीन र भारत दुवै तयार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारले आगामी निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू चीन र भारतबाट बराबरी संख्यामा सहयोग स्वरूप लिने भएको छ। दुवै मुलुकले निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू सहयोगका लागि आफू तयार रहेको बताएपछि बराबरी संख्यामा लिने योजना नेपालले बनाएको हो। ‘जेन–जी’ आन्दोलनको परिणामस्वरूप प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले भारतीय राजदूत नवीन श्रीवास्तवसँग ३१ भदौमा गरेको शिष्टाचार भेटका क्रममा अन्तरिम सरकारको प्राथमिकता निर्धारित समयमै निर्वाचन गराउनु रहेको बताएकी थिइन्। नेपालका लागि चिनियाँ राजदूत छन सङले २ असोजमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए। त्यसक्रममा पनि प्रधानमन्त्री कार्कीले आफ्ू नेतृत्वको सरकारको प्राथमिकता निर्वाचन नै रहेको उल्लेख गरेकी थिइन्। एक दिनको अन्तरालमा भएका भेटमा भारतीय राजदूत श्रीवास्तव र चिनियाँ राजदूत छन दुवैले निर्वाचनका लागि आवश्यक स...
आइसीसी विश्वकप लिग २ : यस्तो छ नेपाल र अमेरिकाको हेड टू हेड

आइसीसी विश्वकप लिग २ : यस्तो छ नेपाल र अमेरिकाको हेड टू हेड

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्दैछ ।दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन् । जसमा दुवै देशले ४-४ खेल जितेका छन् । त्यस्तै एक खेल टाइ भएको थियो ।एकदिवसीय मान्यता पाएपछि नेपाल र अमेरिकाबीचको पहिलो खेल २०२० को फेब्रुअरीमा टियु क्रिकेट मैदानमा भएको थियो, जुन खेल नेपालले ३५ रनले जितेको थियो । त्यस्तै दोस्रो खेल फेब्रुअरी, १२, २०२० मा टियु मैदानमै भएको थियो, जुन नेपालले ८ विकेटले जितेको थियो । त्यस्तै चौथो खेल २०२१ को सेप्टेम्बर १३ मा ओमानको अल अमेरत मैदानमा भएको थियो, जुन खेल...
निवार्चन आयोगमा अहिलेसम्म दर्ता भएका १२२ दल (सूचीसहित)

निवार्चन आयोगमा अहिलेसम्म दर्ता भएका १२२ दल (सूचीसहित)

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता भएका दलको सूची सार्वजनिक गरेको छ । सरकारले फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेपछि पुराना दलले आयोगमा अद्यावधिक गरेका हुन् । केही नयाँ दलसमेत दर्ता भएका छन् । अहिले दर्जनौँ पार्टी निर्वाचन आयोगमा दर्ता नगरी आफना वैचारिक राजनीतिक काम गरिरहेका छन् । धेरैले दल दर्ताका लागि निवेदन दिएका छन्, दर्जनौं दल दर्ता हुने गृहकार्यमा छन्। तिनीहरूको विवरण भने यहाँ उल्लेख छैन।निर्वाचन आयोगमा अद्यावधिक भएका दल १. नेपाल मजदुर किसान पार्टी २. नेकपा (माले) ३. गान्धीवादी पार्टी नेपाल ४. नागरिक शक्ति, नेपाल ५. युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी ६. चुरेभावर लोकतान्त्रिक पार्टी ७. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ८. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल ९. नेपाल समावेशी पार्टी १०. राष्ट्रिय एकता पार्टी प्रजातन्...
ठुलाचेक्मीमा तिहारको भैलो : संस्कृति संरक्षण र सामाजिक एकताको सन्देश

ठुलाचेक्मीमा तिहारको भैलो : संस्कृति संरक्षण र सामाजिक एकताको सन्देश

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
रेसुङ्गा नगरपालिका वडा नं. ६, ठुलाचेक्मीका संस्कृतिप्रेमी युवाहरूले तिहारको अवसरमा आयोजित भैलो कार्यक्रमले परम्परा र सामाजिक उत्तरदायित्वको सुन्दर सङ्गम प्रस्तुत गरेको छ। परम्परागत संस्कृतिको जगेर्ना र स्थानीय मरासिनी कुलायन मन्दिरको संरक्षण गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले गाउँबस्तीमा उत्साह र एकताको सन्देश फैलाएको छ।विभिन्न टोलका करिब एक दर्जन स्थानमा सञ्चालित भैलोबाट एक लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ। सङ्कलित रकमको केही प्रतिशत मन्दिरको संरक्षण र व्यवस्थापनका लागि दान गरिने आयोजक प्रतिनिधि कृष्ण मरासिनीले बताउनुभयो। करिब ५० जना युवाहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न यो भैलो कार्यक्रमले पछिल्लो पुस्ताको संस्कृतिप्रति समर्पण र सामाजिक जागरूकतालाई उजागर गरेको छ।आधुनिकताको प्रभावमा परम्परा र संस्कृति लोप हुँदै गएको चिन्ताबीच ठुलाचेक्मीका युवाहरूको यो प्रयास प्रशंसनीय ...
स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँप्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, 'स्रोत नखुलेको रकमसहित एक जना चिनियाँ र एक जना नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ ।' पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए । ...
लुटपाट ,तोडफोड र आगजनीमा संलग्न १३२ जना उपत्यका बाट पक्राउ

लुटपाट ,तोडफोड र आगजनीमा संलग्न १३२ जना उपत्यका बाट पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी तथा लुटपाट गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन थालेको छ । आन्दोलन भएयता अहिलेसम्म उपत्यकाका तीन (काठमाडौं, ललितपुर र भक्तपुर)बाट मात्रै १३२ जना व्यक्ति पक्राउ परेका छन् । कर्तव्य ज्यानदेखि लुटपाट, हातहतियार खरखजना, आपराधिक उपद्रव र अभद्र व्यवहारसम्मको कसुरका व्यक्तिहरू पक्राउ परेर कारबाहीको प्रक्रियामा रहेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म काठमाडौंबाट ९८ जना पक्राउ परेका छन् । विभिन्न कसुरका उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । उनका अनुसार अनुसन्धान सकेर अदालत पेश भएका मध्ये ६ जना त पुर्पक्षका लागि कारागार समेत चलान भइसकेका छन् । जसमध्ये ४ जना प्रहरी हत्यामा पक्राउ परेकाहरू छन् । २ जना भने आपराधिक उपद्रव कसुरका व्यक्ति रहेको एसपी ...
टोली बनाएर विदेश गएका संसद्का ६ अधिकारीको विषय अर्थ मन्त्रालयको जानकारीमा

टोली बनाएर विदेश गएका संसद्का ६ अधिकारीको विषय अर्थ मन्त्रालयको जानकारीमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं संघीय संसद् सचिवालयका छ जना अधिकारीहरू दुई छुट्टाछुट्टै टोली बनाएर स्विट्जरल्याण्डको जेनेभा भ्रमणमा गएको विषय अर्थ मन्त्रालयको जानकारीमा आएको छ । गत असोज ३० गते राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५१औं सम्मेलनमा सहभागी हुन जेनेभा गएका थिए । उनीसँगै राष्ट्रिय सभाका सदस्य गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) पनि सो भ्रमण टोलीमा सहभागी रहेका थिए । सोही कार्यक्रममा भाग लिन सचिवालयका कर्मचारीहरूको अर्को टोली पनि गठन गरिएको थियो । उक्त टोलीमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सचिव डा. रोजनाथ पाण्डे र सहसचिव बबिता मिश्र रहेका छन् । दुवै टोली जेनेभा प्रस्थान गर्नु अघि सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले विज्ञप्ति जारी गर्दै भ्रमण सम्बन्धी जानकारी दिएका थिए । उक्त विज्ञप्तिमा राष्ट्रिय सभाका अध्यक्ष दाहाल र सदस्...