माइतीघर कुनै एक पक्षको नभई सबैको आवाज उठाउने थलो हो – एमाले महासचिव पोखरेल


काठमान्डौ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई एक पक्षीय रूपमा प्रयोग गरिएको आरोप लगाएका छन् । उनले जनआवाज अभिव्यक्त गर्ने, राज्यप्रति असन्तुष्टि प्रकट गर्ने र फरक मत राख्ने सबै नागरिकको साझा स्थानको रूपमा रहेको माइतीघर मण्डलालाई अब केही व्यक्तिहरूको स्वार्थमा सीमित पारिएको दाबी गरेका हुन् ।

उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाएको बताएका छन् ।
उनले भनेका छन्, “माइतीघर मण्डला सबैको आवाज उठाउने थलो हो, कुनै एक पक्षका लागि मात्रै होइन । अन्यलाई त्यहाँ अभिव्यक्ति दिन नदिनु कानुनी सिद्धान्त र अभिव्यक्ति स्वतन्त्रताको उपहास हो ।”

सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै महासचिव पोखरेलले माइतीघर मण्डलाको साझा पहिचानलाई राजनीतिक रूपमा विभाजित गर्न खोजिनु लोकतान्त्रिक मूल्य र सहिष्णुतामाथिको आक्रमण भएको टिप्पणी गरेका छन् ।

छुटाउनुभयो कि ?

नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा

नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा

बुटवलबुटवलको अस्पताल लाइनमा रहेको सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको छ। नक्कली ...
काठमाडौंबाट २४ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौंबाट २४ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौंसितापाइला, डल्लु लगायतका क्षेत्रबाट प्रहरीले २४ विदेशी नागरिकलाई पक्राउ गरेको छ । पासपोर्ट नभएका, पर्यटक भिसाको अव...
बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्...
विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

काठमाडौंवरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम...