समाचार

आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, साढे २६ लाख नागरिक आवद्ध

आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, साढे २६ लाख नागरिक आवद्ध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं‘सामाजिक सुरक्षा : सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आज सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोह आयोजना गरिँदै छ । नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने...
निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय चार दिन थप

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय चार दिन थप

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समयावधि चार दिन थप गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दल दर्ताको म्याद मंसिर १४ गतेसम्म बढाइएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ६४ दल दर्ता भइसकेका छन्। यससँगै निर्वाचन आयोगमा दर्ता दलको कुल संख्या १३५ पुगेको छ। यिनैमध्ये निर्वाचन प्रयोजनका लागि विशेष रूपमा दर्ता गराएका दलले मात्र मतपत्रमा स्थान पाउनेछन् । यसअघि निर्वाचन प्रयोजनका लागि दल दर्ताको अन्तिम म्याद बुधबार सम्म तोकिएको थियो । ...
कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै नेताहरू राष्ट्रियसभा गृहमा भेला

कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै नेताहरू राष्ट्रियसभा गृहमा भेला

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने नेताहरूले काठमाडौँको राष्ट्रियसभा गृहमा भेला भएका छन् । बुधबार कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भइरहेको भेलामा विशेष महाधिवेशनको माग राख्ने नेताहरूले आफ्नो दृष्टिकोण व्यक्त गरिरहेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै संकलन गरेका हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । नेताहरूले आफूहरूको माग अनुसार विशेष महाधिवेशनको आयोजना गर्न दबाब दिने उद्देश्यले भेला भएका हुन् ।गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्न सकिरहेको छैन । महाधिवेशन सरकारद्वारा फागुन २१ गते तोकिएको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ । त्यही विषयमा छलफल गर्न बिह...
अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकमाथि अध्यागमनको निगरानी

अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकमाथि अध्यागमनको निगरानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमान्डौ नेपालमा अध्ययन भिसामा प्रवेश गरेका केही विदेशी नागरिकहरूले भिसा उद्देश्य विपरीत बस्ने गतिविधि गरेको पाइएको भन्दै अध्यागमन विभागले विशेष निगरानी अघि बढाएको छ । अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकालका अनुसार, अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकहरूले केही कानुन उल्लङ्घन गर्ने गतिविधिमा संलग्न रहेको र अध्ययन भिसाका लागि सिफारिससमेत पाएको खुल्न आएको छ । त्यसैगरी, केही विदेशी नागरिकहरूले नियमित कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गरेको र कोर्स पूरा भए पनि शैक्षिक प्रमाणपत्र पेश नगरेको तथ्यसमेत पाइएको ढकालले बताए ।अध्यागमन विभागले शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिहरूलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न स्पष्ट निर्देशन जारी गरेको छ । साथै, केही विदेशी नागरिक गैरकानूनी गतिविधिमा समेत संलग्न पाइएपछि त्यसको सूचना प्रहरी त...
नेपाल सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्बभन्दा बढी

नेपाल सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्बभन्दा बढी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकार्तिकसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको छ ।सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको कार्तिक मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड र बाहृय १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ । गत असार मसान्तको तुलनामा कार्तिक मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हो ।चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चार महिनामा एक खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ । गएको चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्...
लुम्बिनी सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्याल र मुख्यमन्त्री आचार्य बिच जुहारी

लुम्बिनी सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्याल र मुख्यमन्त्री आचार्य बिच जुहारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रूपन्देही भैरहवामा मंगलबार सम्पन्न लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनको तयारी र सुशासनको जग बलियो बनाई सत्ता हस्तान्तरण गर्ने वर्तमान सरकारको मुख्य अभिभारा रहेको बताएका छन् । यद्यपि, प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भने प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक नरहेको र जनता तथा सुरक्षाकर्मी स्वयं पनि भयभीत र असुरक्षित महसुस गरिरहेको अवस्थामा निर्वाचन गराउन कठिन रहेको चित्रण प्रस्तुत गरेका छन् । दुबै जनाको यो भिन्नताले सङ्घीय प्रणालीमा सुरक्षा जस्तो संवेदनशील विषयमा देखिएको दृष्टिकोणको खाडललाई उजागर गरेको छ ।नेपाल सरकार, गृह मन्त्रालयको आयोजनामा भएको उक्त गोष्ठीमा गृहमन्त्री, मुख्यमन्त्री, गृह सचिव, तीनै सुरक्षा निकायका प्रमुखहरू र १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । ...
आज विवाह पञ्चमी पर्व, जनकपुरमा सीता-रामको विवाह महोत्सव

आज विवाह पञ्चमी पर्व, जनकपुरमा सीता-रामको विवाह महोत्सव

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ। आज मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्...
सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहां बाट हटाएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताए ।प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ । ...
रुपन्देही विद्युतिय व्यवसायी संघकाे अधिबेशन पुस १९ मा हुने

रुपन्देही विद्युतिय व्यवसायी संघकाे अधिबेशन पुस १९ मा हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघकाे १४औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन ८२ पुस १९ गते हुने भएको छ।सोमबार बुटवलमा वसेको जिल्ला संघको विस्तारित वैठकले उक्त निर्णय गरेको हो।जिल्ला संघले रूपन्देही बाट विद्युतिय व्यवसायी महासंघको १६औं साधारण सभा तथा छैठौँ महाअधिवेशनमा निर्वाचित हुने तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, सचिव लोकनाथ पोखरेल र लुम्बिनी प्रदेश संयोजक दिपक पौडेल लाई वधाई तथा शुभकामना व्यक्त गरेको छ।साथै बुटवल नगर समितिको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा बसन्त राना तथा शुद्धोधन शियारी गाउ नगर समितीको सातौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेशबाट अध्यक्षमा भविस्वर पाण्डे लगायत दुवै कार्यसमिति लाई पनि वधाई तथा शुभकामना व्यक्त गरेको छ।कार्यक्रममा वोल्दै रूपन्देही विद्युतिय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले महासंघको र जिल्ला संघको सम्...
अधिवक्ता परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी मञ्जिला ज्ञवाली वनिन् लुम्बिनी प्रथम

अधिवक्ता परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी मञ्जिला ज्ञवाली वनिन् लुम्बिनी प्रथम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलयस वर्ष लिइएको अधिवक्ता तहको परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी विद्यार्थी मञ्जिला ज्ञवालीले लुम्बिनी प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको कानुन संकायको पहिलो ब्याचकी विद्यार्थी मञ्जिलाले सो परीक्षामा नेपालमै तेस्रो स्थान प्राप्त गरेकी हुन् । उनले कुल ७८.६४ प्रतिशत अंक पाएकी छन् । सो परीक्षामा कुल ८०.९१ प्रतिशत प्राप्त गरी बागमती प्रदेशकी गीता बोगटी नेपाल प्रथम भएकी छिन् उक्त परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकै प्रविन कुमारी तिवारीले पाँचौं स्थान प्राप्त गरेका छन् । मञ्जिलाले शंकरनगरस्थित स्मृति बोर्डिङ् स्कुलबाट एसईई उत्तीर्ण गरी दीप बोर्डिङ् स्कुलबाट विज्ञान विषयको अध्ययनपछि स्नातक तहमा कानुन संकायमा प्रवेश गरेकी थिइन् । विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले पहिलो पटक सहभागी भएको ब्या...