समाचार

चुच्चे नक्सासहितको नेपाली नोट बजारमा आएपछि भारतीय मिडियामा सनसनी

चुच्चे नक्सासहितको नेपाली नोट बजारमा आएपछि भारतीय मिडियामा सनसनी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौं नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबारदेखि चुच्चे नक्सा भएको एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले चुच्चे नक्सासहितको नेपाली नोट बजारमा ल्याएपछि भारतीय मिडियाहरुमा विवादित नक्सा छापिएको समाचार प्रकाशित भएको छ । अधिकांश भारतीय मिडियाहरुले भारतका तीन इलाकालाई नेपालको बताएको उल्लेख गर्दै समाचार सम्प्रेषण गरेका छन् । भारतीय मिडिया आजतकले भारतको विरोधको बाबजुद नयाँ नोटमा चुच्चे नक्सा राखेको उल्लेख गरेको छ । हिन्दुस्तान टाइम्सले १०० रुपैयाँको नयाँ नोटमा नेपालको नक्सामा भारतीय भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश गरेको लेखेको छ । आजतकले नेपालको नोटमा छापिएको विवादित क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश हुँदा भारतको आपत्ति रहेको जनाएको छ । नवभारत टाइम्सले भारतका तीन क्षेत्रलाई नेपालले आफ्नो भूमि दाबी गरेको उल्लेख गर...
आज देशैभरबाट ६ लाख ६७ हजार ६ सय ३० बाट एमाले महाधिवेशन प्रतिनिधि छानिँदै

आज देशैभरबाट ६ लाख ६७ हजार ६ सय ३० बाट एमाले महाधिवेशन प्रतिनिधि छानिँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंनेकपा एमालेको आसन्न महाधिवेशनलाई लिएर आज देशभर प्रतिनिधि चयन गरिँदैछ । केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् । शुक्रबार साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा आज निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी भइसकेको छ । महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि धेरै ठाउँमा चुनावमै जानुपर्ने अवस्था आएको छ ।पार्टीको संगठन विभागले केहै दिनअघि ५ बुँदे निर्देशन जारी गर्दै कुनै पनि बहानामा प्रतिनिधि छनौटलाई आजबाट नसार्न भनिसकेको छ । सबै प्रतिनिधिको नामावली पठाउन सोमबारको डेडलाइन छ ।एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन् । झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ । ...
स्कुल भ्यानको ठक्करबाट विद्यार्थीको मृत्यु

स्कुल भ्यानको ठक्करबाट विद्यार्थीको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
कपिलवस्तुकपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित होराइजन इङ्लिस बोर्डिङ स्कुलको कम्पाउण्डभित्र भ्यानले ठक्कर दिँदा कक्षा १ मा अध्ययनरत ७ वर्षीय प्रियान्स खनालको मृत्यु भएको हो । बिहिबार दिउँसो करिब २ बजे विद्यालय परिसरमा हिँडिरहेको अवस्थामा सोही स्कुलको लु.प्र.०१–००१ क ०३६३ नम्बरको ईभी भ्यानले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । भ्यान २६ वर्षीय चालक विजय सारुले चलाइरहेका थिए । ठक्करपछि प्रियान्सको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराइ थप उपचारका लागिचितवन मेडिकल कलेज, भरतपुरमा रिफर गरिएको थियो । तर चिकित्सकले राति ११ : ३८ बजे प्रियान्सलाई मृत घोषित गरेका थिए ।घटनाको जानकारी पाएपछि भैरहवाबाट प्रहरी टोली खटेको थियो । ईभी भ्यान र चालक विजय सारुलाई इलाका प्रहरी कार्यालय पि...
४ खर्ब ३० अर्बको नेपाली नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

४ खर्ब ३० अर्बको नेपाली नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार
काठमाडौँ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ ।नेपाल राष्ट्र बैंकले १६।९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो ।यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । ...
आईपीओ अनुमतिमा ढिलाइ, ८२ कम्पनीको पौने ५५ अर्बको सेयर प्रक्रियामा

आईपीओ अनुमतिमा ढिलाइ, ८२ कम्पनीको पौने ५५ अर्बको सेयर प्रक्रियामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँप्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ । कहिले अध्यक्ष नियुक्तिमा ढिलाइ, कहिले कर्मचारीको आन्दोलनलगायत बहानामा नियमित रूपमा कम्पनीहरूले आईपीओ अनुमति नपाउँदा प्रक्रियामा रहेका कम्पनीको संस्था थुप्रिँदै गएको हो ।विगतमा जलविद्युत् आयोजनाको आईपीओ निष्कासनमा धितोपत्र बोर्डले एजेन्टमार्फत कमिसन मागेको भन्दै ऊर्जा उत्पादकहरू सार्वजनिक रूपमै विरोधमा उत्रिएका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थालेको थियो । अनुसन्धान अझै टुंगिएको छैन । यद्यपि बोर्डमा आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनीको स्चूी हरेक दिन लम्बिँदै गएको छ । हाल आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनी ५४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन् । धितोपत्र बोर्ड पुस २०८० मा अध्यक्षविहीन भएपछि आईपीओको अन...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । ...
राष्ट्रपतिले दिए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी नगर्ने संकेत

राष्ट्रपतिले दिए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी नगर्ने संकेत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंसरकारले निर्वाचन आयोग लगागतका संवैधानिक नियुक्तिको बाटो खोल्न गत मंसिर २ गते संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । जुन अध्यादेश राष्ट्रपतिले अब जारी नगर्ने संकेत दिएका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी नभए निर्वाचन आयोग लगायतका संवैधानिक नियुक्तिहरू चुनाव अघि हुने छैनन् ।संविधान भन्दा प्रतिकूल खालको अध्यादेश आएपछि अध्ययनको क्रममा रहेका राष्ट्रपतिले अब यही ब्योहोराको अध्यादेश जारी गर्न नसक्ने अनौपचारिक संकेत सरकारलाई दिएका छन् ।संवैधानिक परिषद् अध्यादेशसँगै राष्ट्रपति कहाँ पुगेको नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश भने ५ मंसिरमै जारी भइसकेको छ ।तर संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनमै भन्दै राखेको छ । ‘यति दिनसम्म जारी नभएपछि यसको अर्थ बुझ्नुपर्छ अब अध्यादेश जारी हुँ...
विशेष महाधिवेशनले पार्टी फुट्छ, त्यो म हेर्न सक्दिनँ : देउवा

विशेष महाधिवेशनले पार्टी फुट्छ, त्यो म हेर्न सक्दिनँ : देउवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम भजाएर पार्टीमा विवाद नगर्न सचेत गराएका छन् । महाधिवेशनको विषयमा विवाद चुलिँदै गएपछि बिहीबार संस्थापन पक्षीय शीर्ष तहका नेताहरूलाई छलफलमा बोलाएर उनले आफ्नो नाम भजाएर विवाद नगर्न सचेत गराएका हुन् ।छलफलमा सहभागी एक नेताका अनुसार सभापति देउवाले विशेष महाधिवेशनमा गए पार्टी फुट्ने र आफूलाई त्यो सह्य नहुने धारणा व्यक्त गरेका थिए ।‘साथीहरू चुनाव अघि र पछि महाधिवेशनको पक्षमा उभिएपछि सभापतिज्यूले हामी सबैलाई हर्कानु भयो‚’ ती नेताले भने‚ ‘सभापतिज्यूले मेरो नाम लिएर पार्टीमा विवाद किन गरिरहेको भन्दै हप्काउनु भयो।’देउवाले आफूले सभापति पदको जिम्मेवारी कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई दिइसकेको र आगामी महाधिवेशनबाट आफू सभापति नहुने दोहोर्‍याएका थिए ।‘अहिले पनि मैले कार्यवाहक दिइसकेको छु र कार्यकारी भूमिकामा छैन । फेरि पनि महाधिवेशनब...
नेपाल-बंगलादेश ऊर्जा सहमति: २० मेगावाट थप विद्युत् निर्यात हुने

नेपाल-बंगलादेश ऊर्जा सहमति: २० मेगावाट थप विद्युत् निर्यात हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिलेसम्म ४० मेगावाट विद्युत् निर्यात भइरहेको थियो । बिहीबार ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यो सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले नेतृत्व गरेका थिए। बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र जेभीए छिटो टुंग्याउने सहमति समेत भएको छ । नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारण, पञ्चगढ/ठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यात सम्भावनाको अध्ययन गर्ने सहमति पनि भएको छ। नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा आ-आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर ...
एमालेको प्रतिनिधिसभा पुनर्स्थापनाको रिट सर्वोच्चमा दर्ता

एमालेको प्रतिनिधिसभा पुनर्स्थापनाको रिट सर्वोच्चमा दर्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।मंगलबार विघटित प्रतिनिधि सभाका मुख्य सचेतक महेश बर्तौला र पूर्वसचेतक सुनिता बरालले दायर गरेको रिट सर्वोच्चले बुधबार दर्ता भएको हो । सो रिटको पेसी मंसिर १७ गतेका लागि तोकिएको छ ।एमालेले रिटमा राष्ट्रपति कार्यालय, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेको छ ।रिटमा प्रतिनिधिसभाको सदस्य नभएको,सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरित गैर संवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा कार्कीको प्रधानमन्त्री पदमा भएको नियुक्तिविरुद्ध अधिकार पृ...