समाचार

आसन्न निर्वाचनमा बन्दसूची बाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

आसन्न निर्वाचनमा बन्दसूची बाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ ।फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित...
रूपन्देही विद्युतिय व्यवसायी संघको अधिवेशन सम्पन्न, कानुन पालना गर्ने ,कर तिर्ने र गुणस्तरमा संझौता नगर्ने महासंघका अध्यक्ष अग्रवालको भनाइ

रूपन्देही विद्युतिय व्यवसायी संघको अधिवेशन सम्पन्न, कानुन पालना गर्ने ,कर तिर्ने र गुणस्तरमा संझौता नगर्ने महासंघका अध्यक्ष अग्रवालको भनाइ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देही नेपाल विद्युतिय व्यवसायी महासंघका अध्यक्ष दिलिप कुमार अग्रवालले विद्युतिय व्यवसायीहरुले राज्यको कानुन पालना गर्ने, कारोवारको आधारमा कर तिर्ने र गुणस्तरमा कुनै पनि संझौता नगर्ने वताएका छन्।रुपन्देही विद्युतिय व्यवसायी संघको १४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनमा वोल्दै अध्यक्ष अग्रवालले व्यवसायीका विभिन्न समस्याहरुको समाधान व्यवसायीहरु भित्र रहेको र समाधान गर्न व्यवसायीनै लाग्नु पर्ने वताएका हुन्।राज्य सञ्चालनको महत्वपूर्ण क्षेत्र अर्थतन्त्र रहेको र उद्योगी-व्यवसायीका समस्या महासंघले राज्यसँग राख्ने र व्यवसायीहरु अधिकारसंगै कर्तव्यमा महत्व दिएमा समाधान हूने धारणा राखे।खुल्ला सिमाना नजिक रहेको रुपन्देहीमा व्यवसायीहरुले भ्याट विलमै आय-व्ययको कारोबार गर्ने गरेमा समाधान हुने र सरकारसंग आवस्यक पहल महासंघले लिने सुल्झाए।उद्योग व्यवसायका समस्या समाधान र गुणस्तरका कारण निम्तिन...
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौँ ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ । ...
निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्चको आदेश

निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्चको आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंसर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आदेश दिएको छ ।न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज अपाङ्गता भएका व्यक्तिको नाम अनिवार्य रूपमा समावेश गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा सो आदेश दिएको हो ।आदेशमा भनिएको छ, “निर्वाचन आयोगले सबै राजनीतिक दलले पेस गरेको बन्द सूची छानबिन गरी, संविधान र कानुनअनुसार अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व नभएमा सम्बन्धित दललाई सूची सच्याई अपाङ्गता भएका व्यक्तिको नाम अनिवार्य रूपमा समावेश गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था गर्नु/गराउनु हुन आदेश दिएको छ ।” राष्ट्रिय लोकतान्त्रिक अ...
आजदेखि स्वस्थानी व्रत र माघ स्नान शुरु

आजदेखि स्वस्थानी व्रत र माघ स्नान शुरु

Breaking news 1, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँप्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु भएको । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकलामा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्त चन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइए...
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३८ विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३८ विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण

ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
गुल्मी ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गाउँपालिका–१ स्थित श्री हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत ३८ जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई न्यानो कपडा वितरण गरेको छ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनबहादुर खत्रीले इन्स्योरेन्स भनेको दुःखमा साथ दिने सारथी भएको उल्लेख गर्दै चिसो मौसममा विद्यार्थीको स्वास्थ्य र पढाइमा सहयोग पुग्ने गरी न्यानो कपडा वितरण गरिएकोप्रति सन नेपाल लाइफप्रति धन्यवाद व्यक्त गर्नुभयो। यस सहयोगले विद्यार्थीको मनोबल बढ्नुका साथै अध्ययनका लागि सहज वातावरण सिर्जना भएको उहाँको भनाइ थियो।विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरा बहादुर खत्रीले कठ्याङ्ग्रिने चिसोमा विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरी समाजप्रति न्यानो उपस्थितिको अनुभूति गराएकोमा कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो।कार्यक...
रुपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा मापसे-लापसे चेकजाँच, सवारी चालकहरूमा सचेतना अभियान

रुपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा मापसे-लापसे चेकजाँच, सवारी चालकहरूमा सचेतना अभियान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा बुटवल-भैरहवा सडकखण्डमा सवारी चालक लक्षित मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) सम्बन्धी सघन चेकजाँच अभियान सञ्चालन गरिएको छ । शुक्रबार तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगरचोक क्षेत्रमा सञ्चालन गरिएको उक्त चेकजाँच कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक रुद्रकुमार गिरीको नेतृत्वमा ११ जनाको ट्राफिक प्रहरी टोली सक्रिय रहेको थियो । अभियानमा पश्चिम नेपाल बस व्यवसायी प्रालिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।बुटवल-सुनौली सडकखण्डमा सञ्चालनमा रहेका बस तथा माइक्रोबसका चालक र सहचालकलाई लक्षित गरी मापसे तथा लापसे परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा सवारी चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, यात्रुको सुरक्षाप्रति जिम्मेवार बन्ने विषयमा सचेतना समेत गराइएको ट्राफि...
प्रतिनिधि सभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय, रुपन्देहीमा २०९ मतदानस्थल

प्रतिनिधि सभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय, रुपन्देहीमा २०९ मतदानस्थल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलप्रतिनिधि सभा निर्वाचन हुन ६२ दिन बाँकी छ। निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन कार्यालयहरु अस्थायी मतदाताको सूची तयार गर्ने, जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापनतर्फ जुटेका छन्। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार अहिले दलहरुले निर्वाचनसँग सम्बन्धित सामग्रीहरु लैजाने र निर्वाचनबारे जानकारी लिने गरिरहेका छन्।निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्याल भन्छिन्-‘हामी निर्वाचन आयोगको तालिकाअनुसार नै काम गरिरहेका छौं, अहिले हामीले जिल्लाभर कति जनशक्ति चाहिन्छ र कसरी व्यवस्थापन गर्ने भन्ने काम गरिरहेका छौं, छिटै नै निर्वाचनका लागि जनशक्ति व्यवस्थापन हुन्छ र अरु कामहरु पनि अघि बढ्छन्।’ उनले जिल्लाभरका सरकारी कार्यालयबाट निर्वाचनमा खटिनसक्ने कर्मचारीहरुको सूची तयार भइरहेको र निर्वाचन क्षेत्रहरुमा पनि तयारीको काम अगाडि बढेको बताइन्। रुपन्देहीमा ६ लाख ७२ हजार ...
गुल्मीको मालिकामा विद्यार्थी लिएर वनभोजमा हिँडेको बसको ठक्करबाट दुई जनाको मृत्यु

गुल्मीको मालिकामा विद्यार्थी लिएर वनभोजमा हिँडेको बसको ठक्करबाट दुई जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलविद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिकामा २ जनाको मृत्यु भएको छ ।पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका– ६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको हो ।बसले मालिका–७ अर्जे राम्चेको ओरालेमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको गुल्मी प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षको बच्चा अनुभव गिरी र पैदल यात्री मालिका ६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन् ।  बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई वनभोज लिएर जान हिँडेको थियो । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ...
तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंदेशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू-भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु...