सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३८ विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण


गुल्मी ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गाउँपालिका–१ स्थित श्री हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत ३८ जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई न्यानो कपडा वितरण गरेको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनबहादुर खत्रीले इन्स्योरेन्स भनेको दुःखमा साथ दिने सारथी भएको उल्लेख गर्दै चिसो मौसममा विद्यार्थीको स्वास्थ्य र पढाइमा सहयोग पुग्ने गरी न्यानो कपडा वितरण गरिएकोप्रति सन नेपाल लाइफप्रति धन्यवाद व्यक्त गर्नुभयो। यस सहयोगले विद्यार्थीको मनोबल बढ्नुका साथै अध्ययनका लागि सहज वातावरण सिर्जना भएको उहाँको भनाइ थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरा बहादुर खत्रीले कठ्याङ्ग्रिने चिसोमा विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरी समाजप्रति न्यानो उपस्थितिको अनुभूति गराएकोमा कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै इस्मा गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले विगतमा सडक बालबालिका तथा आगलागीबाट प्रभावित करिब ४५ परिवारलाई कपडा सहयोग गरेको स्मरण गर्दै यस वर्ष पनि विद्यार्थीको पढाइमा असर नपरोस् भन्ने उद्देश्यले गरिएको यो कार्य अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो। उहाँले बीमाले सुरक्षा मात्र होइन, रोजगारी र सामाजिक उत्तरदायित्व समेत वहन गरिरहेको उल्लेख गर्दै पालिकाले बीमा सम्बन्धी सहजीकरणमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


सन नेपाल लाइफका लुम्बिनी प्रदेश क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न पाउँदा खुशी लागेको बताउँदै कम्पनी समुदायको अभिन्न अंगका रूपमा सहकार्य र समन्वयमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले स्थानीय सरकारले योजना तर्जुमा गर्दा बीमालाई समेटेमा भविष्यमा आइपर्ने विपद् व्यवस्थापनमा सहज हुने उल्लेख गर्दै स्थानीय बजेटमा बीमालाई समावेश गर्न सुझाव दिनुभयो। साथै, सन नेपाल लाइफले लुम्बिनी वल्ड पिस फोरमसँगको सहकार्यमा १० लाख वृक्षारोपण गर्ने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
कम्पनीका गुल्मी शाखा प्रबन्धक नविन अर्यालले बीमाको मूल मर्म नै अप्ठ्यारोमा परेकालाई उद्धार गर्नु भएको उल्लेख गर्दै कम्पनीले देशभर ७७ जिल्लामा १४० शाखामार्फत नागरिकको सुरक्षाका लागि काम गरिरहेको बताउनुभयो।
कार्यक्रममा इस्मा गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर कुँवर, वडा नं. ३ का वडाध्यक्ष ज्योतिराज कुँवर, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, रेडक्रस सर्कलका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...